
Anm
Pbu
Gisld
Sds
Mbdvs
Ksm
Rbs
mbd
Gmk

Asm
Ksm
nsb
Bbbpu
Rsb
Hal
Tsm
Bbu
Wsp
Gst
Rgu
Ssm
Pvg
Rgs
Vor
Sbs
Sls
Rgu
Ggd

Jmb
Syp
bbt
Rpp
Pls
Bml
Jmb
Gsb
sab
Rmb
Abd
Ptm
Mks
दाङ । लमही नगरपालिकाले ९ वटै वडाका फुसका घर भएको छाना बिस्थापित गरि टिनका जस्ता पाता जेठ महिना भित्रमा लगाउने जनाएको छ ।
यस अघि २०७७ सालमा फारम भरेकाले मात्रै यस बर्ष लमही नगरपालिका भित्रका नाै वटै वडाहरुमा कुल ३४७ वटा फुसका घरहरुमा जस्तापाता लगाइने भएको हाे । प्रदेश सरकारकाे सुरक्षित नागरिक आवास कार्यक्रम ०७७ अर्तगत ती घरहरुमा ५०/५० हजार बराबरको लगानीमा जस्तापाता लगाइने भएको छ ।
त्यस्तै जाे अति बिपन्न अनि बर्षायाममा घरभित्र पानी चुहिएर बसिनसक्ने अबस्थामा नागरिकहरु हुनुहुन्छ उहाँहरुका लागि यस बर्ष बढि प्राथमिक्ता दिएर कार्यक्रम अगाडि बढाइएको बताइएको छ । यसैबिच शुक्रबार लमही न.पा.वडा नम्बर १ अर्न्तर्गतका गाउँहरुका कुल ५१ जना नागरिकहरुकाे घरहरुमा जस्तापाता लगाइने भएको छ । जस अर्तगत शुक्रबार पुनः उनिहरु लागि वडाले फारम भराएर नजिककाे बैंकहरुमा लाभग्राहि सबैले खाता खाेल्नका लागि १ हप्ता भित्रकाे समय अबधि दिएको छ ।
कुल १५० जनाले फाराम ०७७ सालमा भरेका मध्ये कुल ५१ जना मात्रै यस बर्ष छनाेटमा परेकाे र उनिहरुका लागि ५०/५० हजार रुपैयाँ सम्म रकम छुट्टयाइएको वडा नम्बर १ का अध्यक्ष नुमराज पाैडेलले जानकारी दिनु भयाे । साथै उहाँहरुका लागि पहिलो चरणमा ३०/३० हजार रुपैयाँ खातामा पठाइने छ अनि दोस्रो चरणमा २० हजार दिइने भएको वडा अध्यक्ष पाैडेलले बताउनु भयो । तर त्यसमा घर लम्बाई ,चाैडाइ,साइज हेरर मात्रै रकम दिइने भएको वडा अध्यक्ष पाैडेलकाे भनाइलाई उद्रित गर्दै लमहीबाट पत्रकार श्रवण बस्नेतले जानकारी दिनु भएको छ ।
