दाङ । देउखुरीमा झाडापखालाबाट एकै घरका दिदी बहिनीको मृत्यु भएको छ । शनिबार बेलुवा स्थानीय खोलाबाट ल्याएको माछा पकाएर खाएपछि झाडापखाला लागेका राजपुर गाउँपालिका वडा नं. ६ का प्रेम बुढाका ११ वर्षिया छाेरी रिता बुढा र १३ वर्षिया छाेरी विनिता बुढाको निधन भएको हो ।
त्यस्तै दिदी विनिताको आईतबार विहान २ बजेतिर र बहिनी रीताको विहान ६ बजेतिर निधन भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक राजकुमार भट्टले जानकारी दिएका छन् ।