
Sdc
Rgp
Lnp
Ggp
Ggp
Asbus
Ksbus
Ksbus
Msbus


दाङ । चेतनशील छ मान्छे । उ जसोतसो बाच्न सक्छ, आफै खान सक्छ, दुख व्यक्त गर्न सक्छ, बोल्न सक्छ । तर सडक, बजार, मन्दिरमा रहेका छाडा गाई, बाँदर, कुकुर, पंक्षीहरुले के खाए होलान? खाना नपाएको कत्ति दिन भयो होला? बोल्न सक्ने भए माग्ने थिए, रुने थिए, भोकको पिडा सुनाउने थिए । टुलुटुलु हेरि बसेका होलान्, पेटले खाना खोज्दो हो, कोहि मान्छेलाई देख्यो कि सोच्दा हुन मनमनै केही खानेकुरा दिएपनि हुन्थ्यो । यो के बिपत्ती अाईलाग्यो सबै सुनसान भनेर पनि सोच्छन् होला! उनिहरुलाई के थाहा नोबेल कोरोना र लक-डाउन । निर्दोश मुहार लिएर भोकै बाँच्न उनिहरुलाई कति सास्ति छ? सडका छाडिएकाहरुको ख्याल कस्ले गर्ने ?
दाङको लमही निवासी साहना श्रेष्ठले लकडाउन शुरु भएपछि आफ्नो घरको ढोका थुनेर बसिनन्। घरमा चाहिने आवश्यक सरसामान जुटाइन र निस्किइन् सडक र गल्ली गल्लीहरुमा, तीनै भोका कुकुरलाई खुवाउन। साहना हरेक दिन बिहानको खाना खान्छिन र आहारा लिएर सधैजसो अचेल बजारका गल्लि गल्लि चाहर्छिन । उनि लमहिनगर भित्र भेटिएका कुकुरहरुलाई खाना खुवाउँदै हिँडछिन्। उनलाई देख्ने बित्तिकै भोकले निहुरिएर पल्टिरहेका कुकुरहरु जुरुक्क उठ्छन् । त्यसो त जो कोही मानिस देखेपनि खान पाउने अाशमा कुकुरले टुलुटुलु हेर्छन् ।
उनी कुकुर बसेकै ठाउँमा गएर प्लेटमा खाना दिन्छिन् । अनि कुकुरले पेटभरी खाना खाएर मस्त निदाउछ । स्थानीय होटल र घरमा निर्भर रहेका कुकुर लकडाउनका कारण कमजोर भएको देखेर उनीहरुको जीवन रक्षाका लागि खानाको व्यवस्था गरिएको साहना बताउछिन।”यो स्थितिमा सबैलाई समस्या छ, छाडा हिड्ने जिवजन्तुलाई झन कति हो कति” साहनाले भनिन,’बाँच्नको लागि खाना चाहिन्छ, बोल्न सक्नेभए माग्थे होलान्, उनिहरुको पीडा हामिले अाफै बुझौँ ।” भोकभोकै बस्न बाध्य भएका लमहीका छाडा कुकुरहरुका लागि साहनाको यो कार्य प्रसंसनिय भएको स्थानिय बताउछन ।यद्धपी वरपरका मानिसले यसमा कुनै मतलब राखेका छैनन्। साहना श्रेष्ठ पतञ्जली योग समिति दाङ्ग जिल्ला उपाध्यक्ष हुन् ।
