Sidha Patra बुधबार, बैशाख ०१, २०७८

प्यूठान । प्यूठानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। गुल्मीबाट नयाँ बर्ष मनाउन धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाने क्रममा बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो। जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनिहरुको परिवार सहित १६ जना सवार रहेको थियो।

त्यस्तै प्यूठान प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको घटना स्थलमै रहेका प्रहरी नायव निरिक्षक बुद्धि रानाले जानकारी दिनु भयो ।

उहाँका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका धुर्कोट (७ निवासी ईश्वर भण्डारी र खरिदार यमलाल पन्थीको घटनास्थलमै मृत्यु भएको हो । प्रशासकीय अधिकृत स्यांजा निवासी वर्ष ३८ का श्याम न्यौपाने र मुसिकोट नगरपालिका वडा नं। ३ बस्ने वर्ष २२ को जील चालक केशब कार्कीको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको रानाले जानकारी दिनुभयो ।

घटनामा ११ जना घाइते छन् ।
त्यस्तै दुर्घटनामा घाईते हुनेहरुमा रेसुङ्गा नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २३ को सुनिता कडेल,वर्ष २९ को बसन्ती पौडेल, रेसुङ्गा नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३० को गिता मुखिया, वर्ष १२ को अनिश बोहोरा, रेसुङ्गा नगरापालिका वडा नम्बर २ बस्ने वर्ष २४ को तारा भण्डारी, वर्ष ६ को आशिष भण्डारी, वर्ष ३३ को दिलबहादुर थापा, वर्ष २७ को कमला ज्ञवाली, वर्ष १२ को सार्थक ज्ञवाली, वर्ष ४ को निकिता पौडेल र मल्लरानी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ३० को सन्दिप परियार रहेका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भईरहेको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार ४ जनाको अवस्था गम्भिर रहेको छ । यस्तै जीप घुम्तिमा बसलाई ओभरट्याक गर्ने क्रममा भीरबाट १ सय ५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]