
pku
Djs
Rgp
Gfs
Ggp
Lnp
Unsku
Rgp1
sbs
Pbu
Sgr
Pes
cjs
Srbpu

Ssm
Gst
Rgu
Ksm
Sls
Ggd
Pvg
Asm
Tsm
Wsp
Rsb
Hal
Sbs
Bbu
Rgu
nsb
Rgs
Bbbpu
Vor

Jmb
Gsb
Pls
sab
bbt
Bml
Rpp
Syp
Rmb
Mks
Ptm
Jmb
Abd
प्यूठान । प्यूठानमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। गुल्मीबाट नयाँ बर्ष मनाउन धार्मिक तीर्थस्थल स्वर्गद्वारी जाने क्रममा बुधबार विहान प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ रुमालेमा लु १ ज १६५५ नम्बरको जीप दुर्घटना भएको हो। जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी र उनिहरुको परिवार सहित १६ जना सवार रहेको थियो।
त्यस्तै प्यूठान प्रहरीका अनुसार ३ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको घटना स्थलमै रहेका प्रहरी नायव निरिक्षक बुद्धि रानाले जानकारी दिनु भयो ।
उहाँका अनुसार दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका कम्प्युटर अपरेटर सूर्य पन्थी र मुद्दा शाखाका धुर्कोट (७ निवासी ईश्वर भण्डारी र खरिदार यमलाल पन्थीको घटनास्थलमै मृत्यु भएको हो । प्रशासकीय अधिकृत स्यांजा निवासी वर्ष ३८ का श्याम न्यौपाने र मुसिकोट नगरपालिका वडा नं। ३ बस्ने वर्ष २२ को जील चालक केशब कार्कीको उपचारका क्रममा भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको रानाले जानकारी दिनुभयो ।
घटनामा ११ जना घाइते छन् ।
त्यस्तै दुर्घटनामा घाईते हुनेहरुमा रेसुङ्गा नगरपालिका वडा नम्बर ४ बस्ने वर्ष २३ को सुनिता कडेल,वर्ष २९ को बसन्ती पौडेल, रेसुङ्गा नगरपालिका वडा नम्बर १ बस्ने वर्ष ३० को गिता मुखिया, वर्ष १२ को अनिश बोहोरा, रेसुङ्गा नगरापालिका वडा नम्बर २ बस्ने वर्ष २४ को तारा भण्डारी, वर्ष ६ को आशिष भण्डारी, वर्ष ३३ को दिलबहादुर थापा, वर्ष २७ को कमला ज्ञवाली, वर्ष १२ को सार्थक ज्ञवाली, वर्ष ४ को निकिता पौडेल र मल्लरानी गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ३० को सन्दिप परियार रहेका छन् । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा उपचार भईरहेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रका अनुसार ४ जनाको अवस्था गम्भिर रहेको छ । यस्तै जीप घुम्तिमा बसलाई ओभरट्याक गर्ने क्रममा भीरबाट १ सय ५० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
