
Sds
Ksm
Pbu
mbd
Gisld
Anm
Mbdvs
Gmk
Rbs

nsb
Bbu
Rgu
Rsb
Gst
Sls
Asm
Ssm
Sbs
Hal
Ggd
Rgs
Vor
Wsp
Bbbpu
Ksm
Tsm
Pvg
Rgu

Syp
bbt
Ptm
Jmb
Abd
Bml
Jmb
Mks
Rmb
Rpp
Pls
sab
Gsb
दाङ । तुलसीपुर उपमहानगरपालिका कार्यालयले आफ्नो २९ औं स्थापना दिवस मनाएको छ । उपमहानगरले २९ किलो रानीकेक काटेर स्थापना दिवस मनाईएको हो । दिवसका अवसरमा कार्यालयलेे दीर्घकालिन रणनीतिक तथा आवधिक योजनाको मस्यौदा माथि अन्र्तक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सरकार उद्योग पर्यटन वन तथा बातावरण मन्त्री लिला गिरीले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका दाङ उपत्यकालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न चाहेको बताए । उनले दाङ एसियाकै दोस्रो उपत्यका भएकाले यसलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफुहरु तयार भएको बताए ।
पर्यटकीय गन्तव्यका लागि लुम्बिनी पछि दाङ भएको उनको दावी छ । प्रदेशका १२ जिल्ला मध्ये पहाडका हिसावले घुम्न जानुछ भने गुल्मी, अर्घाखाँची र प्युठान, सुन्दर उपत्यका र रमनीय ठाउँमा जानुछ भने दाङ उपत्यका, राष्ट्रिय निकुन्ज र प्राकृतिक हिसावले बाँके तथा बर्दिया र हिमालको अवलोकनका लागी रुकुम पुर्वलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्न सकिने उनको भनाई थियो ।
साथै उनले गएको २० वर्षमा जनताले धेरै दुःख पाएको बताए । अहिले जनप्रतिनिधि आईसकेपछि विकासको मुल फुटे झै चौतर्फि विकास भईरहेको उनको दावी छ । जनप्रनितिधिले अहिले दिनरात नभनी जनताको काम गर्न तल्लिन भएको बताउदै उनले वितेको तीन वर्षमा सडक, विद्युत, खानेपानी, स्वास्थ्य , शिक्षा लगायतका थुप्रै विकास भएको बताए । साथै उनले अझै पनि निरन्तर रुपमा जनताको काममा खट्न र दाङ उपत्यकाको सुन्दरताका लागी उनले स्थानीय सरकार प्रमुखलाई आग्रह गरे । यसका लागी प्रदेश सरकारको तर्फबाट आफुले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
नगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री गिरीले कृषि, वन, पर्यटन संग आधारित उद्योग कलकारखाना स्थापना गरी रोजगारीको सिर्जना गर्ने बताए । उपप्रमुख माया शर्मा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विज्ञ विकिरण गौतमले पाँच बर्षिय आवधिक रणनितिक योजनाको बारेमा जानकारी दिएका थिए । त्यस अवसरमा दुर्गालाल केसीले २५ बर्षिय रणनीतिक योजना तर्जुमाका लागी २५ वटा विषयमा प्रकास पारेका थिए ।
सोही अवसरमा घोराही र तुलसीपुरलाई विपद न्युनीकरण सम्बन्धमा दुई उपमहानगरपालिका विच सहमती भएको छ । तुलसीपुरका नगरप्रमुख घनश्याम पाण्डे र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले सहमती पत्रमा हस्ताक्षर गरेका थिए । त्यस्तै उपमहानगरपालिकाको दीर्घकालिन रणनीतिक तथा आवधिक योजनाको मस्यौदा माथि सोमवार र मंगलवार दुई दिन सम्म छलफल र परामर्श गरी यसलाई अन्तिम रुप दिनका लागी कार्यपालिका बैठकमा पेश गरिने जानकारी दिईएको छ । सो अवसरमा लुम्बिनी प्रदेशका सांसद धनकली चौधरी, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी लगाएतले बोलेका थिए ।
कार्यक्रममा तुलसीपुर ४ लामीदमार घर भई हाल क्यानडा बस्ने नर बहादुर टण्डनले किशोरीहरुका लागी २० वटा साईकल सहयोग गरेका थिए । उनले सहयोग गरेको साईकल उनका बुवा ९४ बर्षिय लाल बहादुर टण्डन र आमा ८४ बर्षिया तारादेवी टण्डनले नगरप्रमुख पाण्डे र किशोरीहरुलाई हस्तान्तरण गरेका थिए ।
यस्तै दिवसकै अवसरमा आयोजित कार्यक्रममा कोरोना माहामारी नियन्त्रण तथा रोकथामका लागी फिल्डमा खटिएका स्वास्थ्यकर्मी, प्रचारप्रसारको क्षेत्रबाट सहयोग गरेकोमा विभिन्न सन्चार माध्यम,आर्थिक तथा जिन्सी र खाद्यन्न सहयोग गर्ने दाता लगाएत कृषि,व्यापार, उद्योग लगाएतको क्षेत्रमा क्रियाशिल भएर उदाहरणिय काम गरेका व्यक्ति तथा सामाजिक संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको सहजीकरण नगर प्रवक्ता सुर्य बहादुर डाँगीले गरेका थिए भने कार्यक्रममा २०७८ सालको भित्तेपात्रोको बिमोचन गरिएको थियो । कार्यक्रममा लोक दोहारी गायक प्रेम विवश घर्तिले राम्रो तुलसीपुर ,हाम्रो तुलसीपुर बोलको गीत प्रस्तुत गरेका थिए ।
