
Ggp
Rgp
Msbus
Sdc
Lnp
Asbus
Ggp
Ksbus
Ksbus

काठमाडौं । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ लाख ६६ हजार ८९ रुपैयाँ २३ पैसा आर्थिक सहयोग गरेको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढीका कारण ज्यान गुमाएका व्यक्तिका परिवार तथा बाढीबाट प्रभावित र उद्धार गरिएका नागरिकका लागि नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गतका अस्पतालहरुबाट संकलन गरिएको आर्थिक रकमको चेक नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीलाई हस्तान्तरण गरिएको हो ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गतका राप्ती आँखा अस्पताल, छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, अस्पतालमा कार्यरत कर्मचारी, नेत्रज्योति प्राविधिक शिक्षालय, नेपाल नेत्रज्योति संघ दाङ शाखा र समाजसेवी नसरुल्ला खाँबाट प्राप्त आर्थिक सहयोग एकमुष्ट रुपमा नेपाल नेत्रज्योति संघ केन्द्रमा पठाईएको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा. सम्शेर थापाले जानकारी दिए ।
नेपाल नेत्रज्योति संघको परिपत्र अनुसार राहत संकलन गरिएको र उक्त रकम नेपाल नेत्रज्योति संघ केन्द्रले एक मुष्ट रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले जानकारी दिए ।
