Sidha Patra सोमबार, भाद्र २२, २०८३

काठमाडौँ । नेपाली काङ्ग्रेसले गत भदौ १० गते रसुवा,नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकहरुको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

सोमबार आज नेपाली काङ्ग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको पार्टीको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेलाई भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

बाढी र पहिरोले पुर्‍याएको ठुलो जनधनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै काङ्ग्रेसले पुनर्स्थापना कार्यमा सघाउन यो रकम उपलब्ध गराएको हो ।

अर्थमन्त्रीलाई चेक बुझाउने टोलीमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता चालिसे,प्रमुख सचेतक वासना थापा रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहन आचार्य लगायतका नेताहरुको उपस्थिति रहेको थियो । विनाशकारी बाढी र पहिरोका कारण रसुवा र नुवाकोटका विभिन्न बस्तीहरुमा ठुलो क्षति समेत पुगेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]