
Ksbus
Lnp
Ggp
Sdc
Rgp
Ksbus
Ggp
Asbus
Msbus

काठमाडौँ । नेपाल राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३८ लाख रुपैयाँ सहयोग गरेका छन् । राष्ट्र बैंकले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएको हो ।
त्यस्तै,विज्ञप्तिमा भनिएको छ- ‘भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति र परिवारको सहयोगार्थ नेपाल राष्ट्र बैंकले गभर्नर, डेपुटी गभर्नर र कर्मचारी (करार समेत) का तर्फबाट १ करोड,३८ लाख,९९ हजार, ४ सय २५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ ।’
