
Ggp
Ksbus
Lnp
Sdc
Asbus
Rgp
Msbus
Ksbus
Ggp

दाङ । बाढीपहिरोबाट प्रभावित तथा बेपत्ता परिवारको पीडामा मलम लगाउने उद्देश्यले गढवा गाउँपालिकाका युवाहरुले सञ्चालन गरेको संयुक्त राहत अभियानबाट नगद तथा खाद्यान्न संकलन गरी पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।
त्यस्तै,अभियानमार्फत १ लाख ५ हजार ७० नगदसहित ठूलो परिमाणमा खाद्यान्न संकलन गरिएको हो । संकलित राहत रकम तथा खाद्यान्न मध्य बेपत्ता दीप प्रकाश चौधरी,श्याम चौधरी र ज्ञानु पुनका परिवारलाई नगद तथा खाद्यान्न सहयोग हस्तान्तरण गरिएको अभियानमा संलग्न युवाहरुले बताएका छन् ।
बाँकी रहेको ५० हजार ७० प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने प्रक्रिया अघि बढाइएको छ । त्यस्तै, संकलित बाँकी खाद्यान्न बाढीपीडित क्षेत्रमा पठाउने तयारी भइरहेको जनाइएको छ ।
विपदको कठिन परिस्थितिमा पीडित परिवारलाई सहयोग गर्न गढवा गाउँपालिकाका विभिन्न वडाका स्थानीयवासी, युवाहरु तथा सहयोगी मन भएका व्यक्तिहरु एकजुट भएका हुन् । अभियानमा पालिकावासीले आर्थिक सहयोगसँगै खाद्यान्न उपलब्ध गराउँदै सक्रिय सहभागिता जनाएका थिए ।
राहत अभियानले विपदका बेला सामाजिक एकता, सहकार्य र मानवीय भावनाको उदाहरण प्रस्तुत गरेको छ । युवाहरुको सक्रियतामा सञ्चालन भएको यस अभियानले ‘दुःखमा साथ दिनु नै मानवता हो’ भन्ने सन्देशसमेत दिएको छ ।
त्यस्तै,अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण वडावासी,युवाहरु तथा राहत सामग्री ढुवानी र व्यवस्थापनमा सहजीकरण गर्ने सामजसेवि युवा नेता प्रशान्त डिसि लगायत सम्पूर्ण सहयोगीहरूप्रति अभियानकर्ताहरूले हार्दिक आभार व्यक्त गरेका छन् । विपदको समयमा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक रुपमा पीडितको साथमा उभिनुपर्ने आवश्यकता रहेको बताउँदै अभियानकर्ताहरूले आगामी दिनमा पनि मानवीय सहयोगका कार्यलाई निरन्तरता दिने बताएका छन् ।
