दशरथ घिमिरे शनिबार, भाद्र २०, २०८३

दाङ । नेपाल नेत्रज्योति संघ, दाङ शाखाअन्तर्गत आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जको सामुदायिक पुनस्र्थापन तथा स्वरोजगार केन्द्रले अपांगता भएका व्यक्तिलाई स्वरोजगारसँग जोड्ने उद्देश्यले सीपमूलक तालिम सुरु गरेको छ ।

लमही नगरपालिका–५ स्थित नेपाल नेत्रहीन संघ भवन, रातोडाँडामा शुक्रबार केन्द्रको उद्घाटनसँगै सरसफाइ तथा घरेलु उपभोग्य सामग्री उत्पादन सम्बन्धी तालिम सुरु गरिएको हो । तालिममा सर्फ, हार्पिक, फिनाइल, लुगा धुने साबुन र नुहाउने साबुन उत्पादन गर्ने सीप प्रदान गरिनेछ ।

नेपाल नेत्रज्योति संघ,दाङ शाखाका सभापति कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक पुनस्र्थापन कार्यक्रम संयोजक घनश्याम सुवेदी, प्रशिक्षक केशर सापकोटा,लमही नगरपालिका–५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदी, वरिष्ठ प्रशासक शमशेर थापा,पत्रकार दशरथ घिमिरे लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

नर्वेको एनएबिपीका निर्देशक क्रिष्टिन विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए । सामुदायिक पुनस्र्थापन तथा स्वरोजगार केन्द्र लमही नगरपालिका–५ मा स्थापना गरिएको हो । केन्द्रमार्फत अपांगता भएका व्यक्तिलाई सीप विकास, आयआर्जन र स्वरोजगारसँग जोड्ने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

अपांगता भएका व्यक्तिलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन तालिमसँगै उत्पादनको बजार, लगानी, सहुलियतपूर्ण ऋण, कच्चा पदार्थको उपलब्धता र बजारीकरणमा समेत सहयोग आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]