
Asbus
Ggp
Lnp
Ksbus
Ggp
Rgp
Msbus
Ksbus
Sdc

दाङ । रसुवामा आएको बाढी तथा पहिरोबाट प्रभावित तथा पीडित परिवारको सहयोगका लागि लमही–५,स्थित जमाअ मस्जिद अहले हदीसका मुस्लिम समुदायले आर्थिक सहयोग गरेका छन् ।
मुस्लिम समुदायका युवा अभियानकर्मि मोहम्मद सिद्धिकिका अनुसार समुदायबाट संकलित १ लाख १३ हजार ६ सय ७५ रुपैयाँ प्रधानमन्त्री विपद व्यवस्थापन कोषमा जम्मा गरिएको छ । विपदको कठिन परिस्थितिमा पीडित नागरिकलाई सहयोग गर्ने उद्देश्यले समुदायका दाजुभाइ तथा दिदीबहिनीबाट उक्त रकम संकलन गरिएको जनाइएको छ ।
विपदको समयमा धर्म,जात र समुदाय भन्दा माथि उठेर पीडितको साथमा उभिनु नै सच्चा मानवता भएको भन्दै सहयोगमा सहभागी सबैलाई धन्यवाद दिइएको छ । रसुवामा आएको बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि देशभरबाट पीडितको राहत तथा उद्धारका लागि सहयोग जुटिरहेको छ ।
