
Ksbus
Ggp
Lnp
Rgp
Sdc
Msbus
Ksbus
Asbus
Ggp

काठमाडौँ । रसुवा बाढीका कारण हालसम्म १ हजार २५२ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले बगाएका शवहरू रसुवासहित ८ जिल्लाका नदी तटीय क्षेत्रबाट फेला पारिएका हुन् ।
सबैभन्दा बढी चितवनमा ३५५, नवलपरासी पूर्वमा २१८ र नवलपरासी पश्चिममा २०८ शव भेटिएका छन्। यस्तै नुवाकोटमा १७७, रसुवामा १२७, गोरखामा ६९, धादिङमा ६० र तनहुँमा ३८ शव फेला परेका छन् । भेटिएका शवमध्ये ९५ जनाको सनाखत भई परिवारलाई बुझाइएको छ ।
त्यस्तै,बाढीका कारण ४ हजार २१६ जना अझै सम्पर्कविहीन छन् भने ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ । प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि २१ हजार ४०२ सुरक्षाकर्मी चौबीसै घण्टा परिचालित छन् ।
