Sidha Patra बिहिबार, भाद्र १८, २०८३

दाङ । नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा नेपाल-इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सीप हस्तान्तरणका विषयमा छलफल भएको हो ।

भेटमा मुख्यमन्त्री आचार्यले नेपाल र इजरायल बीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै शिक्षा र प्रविधिको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरे । उनले कृषि, शिक्षा र प्रविधिको क्षेत्रमा थप सहकार्य गर्न सकिने बताए । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा ठूलो सम्भावना बोकेको प्रदेश भएकाले इजरायलसँगको सहकार्यलाई थप विस्तार गर्न प्रदेश सरकार इच्छुक रहेको बताए ।

विशेषगरी कृषि क्षेत्रमा इजरायलको प्रविधि, ज्ञान र सीपलाई प्रदेशका किसान तथा युवासम्म पुर्‍याउन सहकार्य गर्न सकिने उनको भनाइ थियो । भेटमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले प्रदेशको समग्र अवस्था तथा प्राथमिकताका विषयमा जानकारी गराए । उनले शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा साझेदारीका लागि प्रदेश सरकारले प्राथमिकता दिने बताए ।

इजरायली राजदूत बासले कृषि क्षेत्रमा सञ्चालन हुँदै आएको ‘पढ्दै सिक्दै’ कार्यक्रममार्फत भइरहेको साझेदारीलाई थप प्रभावकारी बनाउन सकिने बताए । उनले युवालाई कृषि क्षेत्रमा व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने ११ महिनाको ‘लर्न एन्ड अर्न’ कार्यक्रमलाई थप विस्तार गर्न सकिने जानकारी गराए । राजदूत बासले बाढी तथा पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको अवस्थामा मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा समेत सहयोग गर्न सकिने बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]