Sidha Patra बिहिबार, भाद्र १८, २०८३

दाङ । विपत्तिमा परेका नागरिकप्रति मानवीय संवेदना प्रकट गर्दै ज्योति सामुदायिक वन उपभोक्ता समूहले रसुवाका बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग जम्मा गरेको छ ।

गढवा गाउँपालिका वडा नम्बर ७ मा रहेको यस समूहले संस्थागत निर्णय गरी ११ हजार १ सय १५ रुपैयाँ सहयोग रकम कोषमा जम्मा गरेको हो । भौगोलिक दूरी जतिसुकै टाढा भएपनि संकटको बेला राज्यको आधिकारिक कोषमार्फत पीडितसम्म राहत पुगोस् भन्ने उद्देश्यले सो रकम जम्मा गरिएको समूहका अध्यक्ष हिरालाल चौधरीले जानकारी दिए ।

बाढीको चपेटामा परेका नागरिकप्रति गहिरो सहानुभूति प्रकट गर्दै अध्यक्ष चौधरीले भने, “रसुवाका आमाबुबा र दाजुभाइको पीडामा हाम्रो मन रोएको छ । हाम्रो यो सानो सहयोग रकम मात्र होइन, गढवाका वन उपभोक्ताहरुको तर्फबाट उहाँहरुको घाउमा थोरै भएपनि मल्हम लगाउने एउटा पवित्र प्रयास हो । संकटको यो घडीमा देशका नागरिकलाई ढाडस दिनु र राज्यको कोषलाई बलियो बनाउनु हामी सबैको दायित्व हो ।”

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]