
Ggp
Rgp
Lnp
Ggp
Msbus
Ksbus
Asbus
Sdc
Ksbus

दाङ । १९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र,गढवाले सोमबार हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यार्थी तथा युवामा पठन संस्कृतिको विकास, ज्ञानको विस्तार र अध्ययनप्रति रुचि बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा टेक एज गर्ल्स (Tech Age Girls) कार्यक्रमअन्तर्गतका विद्यार्थीहरूको पाँच समूह सहभागी भएका थिए । सहभागी समूहबीच विभिन्न विषयमा प्रश्नोत्तरमार्फत प्रतिस्पर्धा गराइएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने समूहलाई पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताले विद्यार्थीहरूमा अध्ययन,खोज तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।
कार्यक्रमको अध्यक्षता देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष दुःखहरण यादवले गरेका थिए । कार्यक्रममा खिमप्रसाद घिमिरे र चेतनाथ पौडेलले सहजीकरण गरेका थिए भने पटवारी यादवले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार सपना पौडेल लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दुःखहरण यादवले पुस्तकालयलाई समाजको ज्ञान, सूचना र चेतना विकासको केन्द्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । उनले भने, “पुस्तकालयमा पुस्तक राखेर मात्र हुँदैन,त्यसलाई पढ्ने र ज्ञान हासिल गर्ने वातावरण निर्माण गर्नुपर्छ । नयाँ पुस्तालाई अध्ययन र ज्ञानसँग जोड्न यस्ता सिर्जनात्मक कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छन्।”
अध्यक्ष यादवले प्रविधिको बढ्दो प्रयोगसँगै युवामा पठन संस्कृतिको विकास गर्न पुस्तकालयले समय अनुकूल कार्यक्रमलाई निरन्तरता दिने बताए । कार्यक्रमले विद्यार्थीहरुमा सामान्य ज्ञान अभिवृद्धि गर्नुका साथै अध्ययन, अनुसन्धान,आत्मविश्वास र समूहगत प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुगेको आयोजकको भनाइ छ ।
