
Ggp
Sdc
Ggp
Lnp
Rgp
Ksbus
Ksbus
Asbus
Msbus

दाङ । रसुवाको भोटेकोशीमा गत हप्ताको बुधबार आएको विनाशकारी बाढी तथा विपदजन्य घटनाबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि राजपुर गाउँपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको राजपुर गाउँकार्यपालिकाको बैठकले आ.व. २०८३/०८४ का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अन्तर्गत “विपदजन्य घटनाबाट सिर्जित समस्याको व्यवस्थापन”शीर्षकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहायता रकम प्रदान गर्ने निर्णय गरेको हो ।
त्यस्तै,बैठकले भोटेकोशी बाढी तथा अन्य विपदजन्य घटनामा परी ज्यान गुमाएका सम्पूर्ण मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै,घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्पर्कविहीन रहेका नागरिकहरुको छिटोभन्दा छिटो सकुशल उद्धारको अपेक्षा समेत गरेको छ ।
सम्पर्कविहीन नागरिकहरुको खोजी,उद्धार तथा राहतका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने निर्णय समेत गाउँकार्यपालिकाले गरेको छ । विपदको यस कठिन घडीमा पीडित परिवारलाई सहयोग पुर्याउने उद्देश्यले राजपुर गाउँपालिकाले उद्धार कोषमा आर्थिक सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
