
Msbus
Sdc
Ksbus
Asbus
Lnp
Rgp
Ksbus
Ggp
Ggp


काठमाडौँ । नेपाली काङ्ग्रेसको संस्थापन इतर समूहले पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ ।
महाराजगञ्जस्थित डा.शशाङ्क कोइरालाको निवासमा मंगलबारदेखि तीन दिनसम्म बसेको शीर्ष नेताहरूको अनौपचारिक बैठकले महाधिवेशनको कार्यतालिकालाई चुनौती दिँदै कानुनी उपचार खोज्न सर्वोच्चमा जाने निष्कर्ष निकालेको हो ।
त्यस्तै,इतर समूहका नेता एनपी साउद र प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार महाधिवेशन रोक्न माग गर्दै शुक्रबार सर्वोच्चमा निवेदन दर्ता गरिनेछ । पार्टीको आधिकारिकता सम्बन्धी विवादको मुद्दामा सर्वोच्च अदालतले पुनः सुनुवाइको अनुमति दिएकाले त्यसको टुङ्गो नलागेसम्म महाधिवेशनका गतिविधि अघि नबढाउन माग गर्दै रिट दायर गर्ने निर्णय भएको हो ।
महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गर्ने निर्णयसमेत इतर समूहले गरेको छ । देउवा र खड्काले दायर गरेको रिटमा नै सर्वोच्चले पुनरवलोकनको अनुमति दिएको थियो ।
त्यस्तै,गत माघ २ गते निर्वाचन आयोगले गरेको निर्णय र गत वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेञ्चले सोही निर्णयलाई सदर गरेको फैसलालाई पूर्ण इजलासले पुनरवलोकनको अनुमति दिएकाले पार्टी विवाद पुरानै अवस्थामा पुगेको इतर समूहको भनाइ छ । विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्णय पुनरवलोकन हुने भएपछि त्यसबाट चयन भएको समितिले महाधिवेशनको प्रक्रिया अघि बढाउन नसक्ने दाबी गर्दै अन्तरिम आदेश माग गर्न लागिएको नेता विश्वकर्माले बताए ।
यस्तै,काङ्ग्रेसको निर्वाचन समितिले मङ्गलबार १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै आगामी भदौ २४ गते वडा अधिवेशन सुरु गर्ने जनाएको थियो । सार्वजनिक कार्यतालिका अनुसार असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५ औँ महाधिवेशन आयोजना गर्ने तयारी छ ।
