Sidha Patra मंगलबार, साउन १९, २०८३

दाङ । देउखुरीको गढवा गाउँपालिकाका पूर्वअध्यक्ष सहजराम अहिर सहित पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

नदीजन्य पदार्थ उत्खनन तथा सङ्कलन ठेक्कामा करिब डेढ करोड रुपैयाँ राजस्व हिनामिना गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन गाउँपालिका अध्यक्ष अहिरसहित ५ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी,राजस्व शाखा प्रमुख शम्भु चौधरी तथा ठेकेदार कम्पनी सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का र प्रतिनिधि विकास पुन विरुद्ध मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा राप्ती नदी क्षेत्रअन्तर्गत रङसिङ,राप्ती दोभानदेखि मलमला घाटसम्मको नदीजन्य पदार्थ उत्खनन ठेक्कामा आपसमा मिलेमतो गरी १ करोड ४१ लाख ५० हजार रुपैयाँ सरकारी राजस्व नोक्सानी पुऱ्याएको पुष्टि भएपछि अख्तियारले मङ्गलबार आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।

त्यस्तै,अख्तियारको अनुसन्धान अनुसार, गाउँपालिकाले २०७६ पुस १४ गते सगुन कन्स्ट्रक्सन बुटवलसँग भ्याटबाहेक २ करोड ८२ लाख ९७ हजार ६९२ रुपैयाँ ५० पैसामा ठेक्का सम्झौता गरेको थियो । ठेक्का कार्यान्वयनका क्रममा स्थलगत निरीक्षण, नापजाँच तथा प्राविधिक प्रतिवेदनबिनै उत्खनन परिमाण यकिन नगरी ठेकेदारसँग आपसी मिलेमतो गरिएको पाइएको छ । व्यवसायीले माग्दै नमागेको ‘राजस्व छुट’ सम्बन्धी विषयमा राष्ट्रसेवक पदाधिकारीहरुले पदको दुरुपयोग गरी गाउँ सभाबाट दोस्रो किस्ता बैंक जमानतबापतको १ करोड ४१ लाख ५० हजार रुपैयाँ गैरकानुनी रुपमा मिनाहा गराएका थिए ।

प्रदेश कानुन तथा नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि विपरीत स्थानीय तह र प्रदेश सरकारको हिस्सामा पर्ने राजस्वमा स्वेच्छाचारी निर्णय गरी गैरकानुनी लाभ लिए–दिएको अख्तियारको निष्कर्ष छ । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (क) बमोजिमको कसुरमा सबै प्रतिवादीहरुबाट १ करोड ४१ लख हजार रुपैयाँ बिगो असुलउपर, कैद सजाय र चुहावट गराएको राजस्व रकमको दोब्बर जरिवानाको मागदाबी गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]