Sidha Patra मंगलबार, साउन १९, २०८३

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकायलाई जिम्मेवार ढंगले काम गर्दै बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०८२/०८३ मा सामाजिक विकास मन्त्रालय र मातहतका निकायबाट सम्पादन गरिएका कार्यको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा आयाेजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना अलपत्र नपार्न निर्देशन दिएका हुन् । विद्यालय भवन निर्माण लगायत सुरु भएका योजना समयमै सम्पन्न गर्नुपर्नेमा उनले जोड दिए ।

त्यस्तै,उनले काम गर्ने शैली र कार्यसम्पादनको तौरतरिका परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै तालिम,गोष्ठी र सेमिनारभन्दा प्रत्यक्ष प्रभाव र उपलब्धि दिने कार्यक्रम कार्यान्वयनमा प्राथमिकता दिन निर्देशन दिए ।

मुख्यमन्त्री आचार्यले कार्यविधि निर्माणमा ढिलाइ नगर्न पनि निर्देशन दिए । साउन र भदौ महिनाभित्र आवश्यक कार्यविधि तयार गरी असोजदेखि कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।

उनले सम्पन्न हुन सक्ने योजनालाई पहिलो प्राथमिकता दिन र पूरा गर्न नसकिने योजना अघि नबढाउन निर्देशन दिए । १० लाख रुपैयाँभन्दा माथिका योजनामा ठेक्का प्रक्रिया अपनाउन र १० लाख रुपैयाँ भन्दा कम लागतका विद्यालयसम्बन्धी योजनाहरु कोटेसनमार्फत नभई सम्बन्धित विद्यालयसँग सम्झौता गरेर कार्यान्वयन गर्नुपर्ने उनको निर्देशन थियो ।

मुख्यमन्त्री आचार्यले मन्त्रालय,निर्देशनालय तथा मातहतका सबै निकायले आफ्नो कार्यसम्पादनलाई जिम्मेवारीपूर्वक अघि बढाउनुपर्ने बताए । बजेटको सही कार्यान्वयन,जनपक्षीय सेवा,उपलब्धिमूलक कार्यक्रम र सहज सेवा प्रवाहमा विशेष ध्यान दिन उनले निर्देशन दिए ।

वार्षिक समीक्षा कार्यक्रममा प्रमुख सचिव कृष्णप्रसाद काप्री,प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्याल लगायतले सामाजिक विकास मन्त्रालयको वार्षिक प्रगतिको समीक्षा गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]