
ksbus
Sdc
Amb


काठमाडौँ । नेपाल पत्रकार महासंघले सुनसरी लगायत विभिन्न जिल्लामा भएका प्रदर्शन तथा झडपका क्रममा तीन जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै पक्षसँग आग्रह गरेको छ ।
महासंघले बिहीबार जारी विज्ञप्तिमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
त्यस्तै,महासंघले पछिल्लो घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अफवाह, घृणा, हिंसा र भ्रामक सूचना फैलाउने गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेको छ। कुनै पनि विवादको समाधान संविधान, कानुनी प्रक्रिया, संवाद र लोकतान्त्रिक विधिमार्फत खोजिनुपर्नेमा महासंघले जोड दिएको छ । साथै, सञ्चारमाध्यम र पत्रकारलाई सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्न तथा पत्रकारिताको आचारसंहिताको पालना गर्न आग्रह गर्दै पत्रकारहरुले सुरक्षित र स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ ।
यस्तै,महासंघले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही,पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र मानवअधिकारको सम्मान गर्दै कानुनी शासनको पालना गर्न नेपाल सरकारसँग आग्रह समेत गरेको छ ।
