
ksbus
Sdc
Amb


काठमाडौँ । पछिल्लो समय देशमा उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, सहिष्णुता,आपसी भाइचारा र दिगो शान्तिको कामनाका साथ बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष शान्ति प्रार्थना कार्यक्रम आयोजना गरिएको छ ।
संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सामाजिक सद्भाव विरुद्ध भइरहेको गतिविधिमा ज्यान गुमाउने दिवङ्गत आत्माहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । शान्ति र भाइचाराको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित प्रार्थना सभामा पूज्य गुरु तथा गुरुमाहरू, नागरिक समाजका प्रतिनिधिहरू रहेका थिए ।
त्यस्तै,सहभागीहरूले देशमा चाँडै शान्ति र अमनचयन कायम होस् भन्ने कामना गर्दै दीप प्रज्वलन तथा पाठ–पूजा गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशमा शान्ति,सहिष्णुता र सद्भाव कायम राख्न सम्पूर्ण नागरिकलाई ऐक्यबद्ध हुन समेत आह्वान गरेको छ ।
