
ksbus
Sdc
Amb


जनकपुरधाम । सिरहामा झडप हुँदा गोली लागेर एक बालकको मृत्यु भएको छ ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार गोल बजारमा गोली लागेर औरही गाउँपालिका वडा नम्बर २ का अन्दाजी १५ वर्षीय गणेश यादवको मृत्यु भएको हो ।
अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा विकास ठाकुर छन् । ठाकुरलाई उपचारका लागि अस्पताल लगिएको बरालले जानकारी दिए ।
त्यस्तै,सुनसरीको कप्तानगञ्जमा भएको घटनाको विरोधमा मधेस प्रदेशका विभिन्न स्थानमा विरोध प्रदर्शन भइरहेको छ । प्रदर्शन उग्र बनेपछि विभिन्न स्थानमा कर्फ्यु लगाइएको छ ।
