
Amb
Sdc
ksbus


काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगविरुद्ध परेको रिटमा लिखित जवाफ पेस भएपछि सुनुवाइको अर्को पेसी तोक्न आदेश दिएको छ।
त्यस्तै,उक्त रिट प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । पूर्वन्यायाधीश टोपबहादुर सिंहको रिटमा सम्पत्ति छानबिन आयोगको लिखित जवाफ पेस नभएको देखिएपछि अर्को सुनुवाइको पेसी तोक्न आदेश भएको रिट निवेदक अधिवक्ता डा.प्रेमराज सिलवालले जानकारी दिए ।
यस्तै,सम्पत्ति छानबिन आयोगको गठन र छानबिनमा वैधानिकताको प्रश्न उठाउँदै पूर्वन्यायाधीश फोरम नेपालको अध्यक्ष एवं सर्वोच्च अदालतबाट सेवा निवृत्त न्यायाधीश टोपबहादुर सिंह ठकुरी,अधिवक्ता डा.प्रेमराज सिलवाल,लिगल इनोभेसन एन्ड रिसर्च सेन्टरका संस्थापक अधिवक्ता मनिराम उपाध्याय र मानबहादुर लामिछानेले सर्वोच्चमा भिन्नाभिन्नै रिट दिएका थिए ।
त्यस्तै,यसअघि सर्वोच्चले आयोगले उजुरी लिने कार्य र अनुसन्धान रोक्न सर्वोच्चबाट जारी अल्पकालीन अन्तरिम आदेश अनुरूप सूचना निकालेर आफ्नो कामकारबाही तत्कालका लागि स्थगन गरेको थियो । सर्वोच्च अदालतले सम्पूर्ण काम यथास्थितिमा राखेर सरकार, आयोग र रिट निवेदकलाई बिहीबारका लागि छलफलमा डाकेको थियो ।
यस अघि जारी अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा सर्वोच्चमा सुनुवाइ सकिएका कारण आदेश आउने तयारी छ । सर्वोच्चको अन्तरिम आदेशपछि असार ३२ गते सूचना जारी गर्दै कामकारबाही तत्कालका लागि स्थगित गरिएको जनाएको थियो ।
