
Sdc
Dbc
Amb


दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित पूर्व-पश्चिम राजमार्गमा प्रहरीले बिलबिजकविहीन ४५ बोरा युरिया मल बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङको सक्रियतामा भएको यो कारबाही एक साताभित्रकै दोस्रो ठूलो सफलता हो ।
त्यस्तै,प्रहरीका अनुसार बिहीबार बिहान करिब ५ बजे सवारीसाधन चेकजाँचका क्रममा बिलबिजक नभएको ४५ बोरा युरिया मल बरामद गरिएको हो । बरामद मलको अनुमानित मूल्य १ लाख १ हजार २५० रहेको छ । बरामद गरिएको मल आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि कृष्णनगर भन्सार कार्यालय, कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।
यस अघि पनि इलाका प्रहरी कार्यालय भालुवाङले करिब एक साताअघि ३ लाख बराबरको बिलबिजकविहीन मल बरामद गरेको थियो । लगातार भइरहेको बरामदीले अवैध रूपमा मल ओसारपसार गर्ने गतिविधि विरुद्ध प्रहरीले चेकजाँचलाई थप प्रभावकारी बनाएको देखिएको छ ।
