
Dbc
Sdc
Amb


दाङ । जिल्लामा दैनिकजसो अवैध भरुवा बन्दुक फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा लुकाईछिपाई राखेको अवस्थामा अवैध भरुवा बन्दुकहरु फेला परेका हुन् ।
यसैक्रममा बंगलाचुली गाउँपालिका वडा नम्वर ८ घोरल भिर भनेर चिनिने पीपली जंगलको झाडीमा लुकाई राखेको अवस्थामा ११ थान अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी डाक्टर हेम बहादुर केसीले जानकारी दिए ।
विशेष सुचनाको आधारमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीको टोलीले जंगलका विभिन्न स्थानमा लुकाई राखेको अवस्थामा अवैध बन्दुकहरु फेला पारेको उनले जानकारी दिए । यस अघि प्रहरीले मंगलबार हिजो लमही नगरपालिका–१ नर्ती स्थित बकेन सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला पारेको थियो ।
त्यस्तै,गत सोमवार लमही नगरपालिका–९ स्थित च्याउखोला क्षेत्रमा रहेको बिरह सामुदायिक वनबाट प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेको थियो । लगातार तिन दिनको अवधीमा जिल्लामा १४ थान अवैध बन्दुक फेला परेका छन् ।
