
Amb
Dbc
Sdc


दाङ । देश सञ्चारकर्मी दशरथ घिमिरे सम्मानित भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको छैटौं साधारणसभा तथा तेस्रो प्रदेश अधिवेशनको अवसरमा सम्मानित भएका हुन् ।
त्यस्तै,उनलाई पत्रकारितामार्फत निर्माण क्षेत्रका गतिविधि, विकास निर्माण तथा जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उजागर गर्दै समाजमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो ।
घोराहीमा आयोजित कार्यक्रममा महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष बलिभद्र रानाको अध्यक्षता तथा महासंघका कार्यवाहक अध्यक्ष रामजी पन्त (मुकेश) को प्रमुख आतिथ्यतामा सम्मान प्रदान गरिएको थियो । घिमिरेसंगै पत्रकार नारायण खड्का, बिपिनमणि आचार्य, निशान भट्टराई लाई सम्मान गरिएको थियाे ।
यस्तै,कार्यक्रममा निर्माण व्यवसायी, विभिन्न जिल्लाका प्रतिनिधि, उद्योगी, व्यवसायी तथा सञ्चारकर्मीको उल्लेखनीय सहभागिता रहेको थियो ।
