शिबराज पन्थी शनिबार, चैत्र १४, २०७७

दाङ । गढवा गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालय दाङको पहलमा देउखुरीको कोइलाबासमा कोरोना चेकजाँचका लागि शुक्रवार हेल्थ डेस्क स्थापना गरिएको छ । गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष सहजराम यादव र स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले संयुक्त रुपमा हेल्थ डेस्कको उद्घाटन गर्नु भएको हो ।

त्यस्तै हेल्थ डेस्कको स्थापना गर्दै अध्यक्ष यादवले दोश्रो चरणको कोभिड भारतबाट भित्रिने संभावना रहेकोले सबैलाई उच्च सतर्कता अपनाउन आव्हान गर्नु भएको छ । यसैगरी गढवा गाउँपालिकाले ५ बेडको अस्थायी अस्पताल स्थापना गरी मेडिकल अधिकृत र स्वास्थ्यकर्मीहरु समेत राखेर कोभिड कोरोना सचेतनाको काम थालनी गरिसकेको अध्यक्ष यादवले बताउनु भयो । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम नेपाल भारतको सिमा क्षेत्रमा हेल्थ डेस्क राखिएको भन्दै कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन अनुरोध गर्नु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]