
pku
Rgp1
Rgp
Srbpu
cjs
sbs
Ggp
Pes
Gfs
Djs
Lnp
Pbu
Unsku
Sgr

Ssm
Rgs
Pvg
Rgu
Asm
Tsm
Ksm
Rgu
Gst
Hal
nsb
Sbs
Vor
Bbbpu
Rsb
Wsp
Sls
Ggd
Bbu

Rmb
bbt
Bml
Rpp
Mks
Gsb
Syp
Abd
Ptm
sab
Jmb
Jmb
Pls
दाङ । गढवा गाउँपालिका र जिल्ला स्वास्थ्य कार्यालय दाङको पहलमा देउखुरीको कोइलाबासमा कोरोना चेकजाँचका लागि शुक्रवार हेल्थ डेस्क स्थापना गरिएको छ । गढवा गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष सद्दाम सिद्दिकीको अध्यक्षतामा भएको एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष सहजराम यादव र स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले संयुक्त रुपमा हेल्थ डेस्कको उद्घाटन गर्नु भएको हो ।
त्यस्तै हेल्थ डेस्कको स्थापना गर्दै अध्यक्ष यादवले दोश्रो चरणको कोभिड भारतबाट भित्रिने संभावना रहेकोले सबैलाई उच्च सतर्कता अपनाउन आव्हान गर्नु भएको छ । यसैगरी गढवा गाउँपालिकाले ५ बेडको अस्थायी अस्पताल स्थापना गरी मेडिकल अधिकृत र स्वास्थ्यकर्मीहरु समेत राखेर कोभिड कोरोना सचेतनाको काम थालनी गरिसकेको अध्यक्ष यादवले बताउनु भयो । कार्यक्रममा बोल्दै स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको निर्देशन बमोजिम नेपाल भारतको सिमा क्षेत्रमा हेल्थ डेस्क राखिएको भन्दै कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाउन अनुरोध गर्नु भएको छ ।
