Sidha Patra बिहिबार, भाद्र ११, २०८३

दाङ । रसुवाको भोटेकोसीमा बुधबार आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि लमही नगरपालिकाले ( जनप्रतिनिधि तथा कर्मचारी ) १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

बाढीपीडितलाई राहतका लागि नगरपालिकाले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरिएको लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले गरेको हस्ताक्षरित विज्ञप्तिमा मार्फत जनाइएको हो ।

भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको र प्रभावित परिवारहरु संकटमा परेका बेला स्थानीय सरकारको तर्फबाट मानवीय सहयोगस्वरुप उक्त रकम उपलब्ध गराउन लागिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै,नगरपालिकाले विपदको यस कठिन घडीमा प्रभावित परिवारको राहत,उद्धार तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको भन्दै अन्य निकाय,संघसंस्था तथा नागरिकलाई मानवीय सहयोगमा जुट्न आग्रह समेत गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]