
Gms
Ksbus
Gsbus
Lsbus
Ksbus
Gis
bpmhl
Bsbus
Ksbus
Ssbus
Gsbus
Ssbus
Lsbus
Gsl
Nssbush
Ssbus
Gis
Pbu
Gsbus
Rsbus

Asm
Gst
Hal
Rgu
Rgu
Bbbpu
Bbu
Sbs
nsb
Tsm
Pvg
Ksm
Sls
Ssm
Wsp
Rgs
Vor
Rsb
Ggd

Gsb
Rpp
Ptm
Jmb
Bml
Jmb
Mks
bbt
sab
Syp
Abd
Pls
Rmb
दाङ । भारतीय नागरिकलाई गैरकानुनी ढंगले नागरिकता दिलाउन भूमिका खेलेको पाइएपछि राजपुरमा वडाध्यक्ष अहिर सहित चार जना पक्राउ परेका छन् ।
त्यस्तै,पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर,४ का वडाध्यक्ष ६५ वर्षीय रामेश्वर अहिर,कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका– ९ घर भएका राजपुर– ४ का वडा सचिव तथा स्थानीय पञ्जिकाअधिकारी ४७ वर्षीय राजेशकुमार कहर, वडाको कार्यालय सहायक ३४ वर्षीया मीना चौधरी र राजपुर– ४ का ४५ वर्षीय आलम जोल्दा रहेका छन् ।
यस्तै,पक्राउ परेका चारै जनालाई सोमबार नै जिल्ला अदालतले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति प्रदान गरिसकेको छ । उनीहरु चार जनासहित नागरिकतामा हस्ताक्षर गरेका इलाका प्रशासन कार्यालय लमहीका तत्कालीन कार्यालय प्रमुख प्रेमबहादुर खवास र भारतीय नागरिक आयशा जोल्दाकाविरुद्ध प्रहरीले गत जेठ २० गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो । चार जना पक्राउ परे पनि तत्कालीन कार्यालय प्रमुख खवास र भारतमा बिहे भइ गएकी आयशा पक्राउ परेका छैनन् । उनीहरु दुई जनालाई प्रहरीले खोजी गरिरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख डबलबहादुर बमले बताए ।
त्यस्तै,पक्राउ परेका वडाध्यक्ष अहिर लगातार दोस्रो कार्यकालका लागि वडाध्यक्षमा निर्वाचित भएका थिए । २०७५ कात्तिक २८ गते वंशजका आधारमा बुवा सुनाउल्ला जोल्दाको नामबाट ४५ वर्षीय आलम जोल्दाले नागरिकता प्राप्त गरेको देखिएको छ । जोल्दाले त्यो नागरिकता इलाका प्रशासन कार्यालय लमहीबाट प्राप्त गरेको खुलेको छ । जसमा तत्कालीन प्रशासन प्रमुख खवासको हस्ताक्षर छ । भारतीय नागरिक भनिएका आलमलाई नागरिकता दिलाउन आयशा सूचक बसेकी छन् । जसको बिहे भारतमा भएको छ ।
इलाका प्रहरी कार्यालय गढवाका प्रमुख बमका अनुसार सनाउल्लाको मृत्यु २०३८ वैशाख १५ गते भएको भनिएको छ । तर सरकारी अभिलेखमा उनको मृत्यु २०५८ वैशाख ११ गते भएको देखिएको छ । २०७४ सालमा निकालिएको नागरिकताको प्रतिलिपिमा पनि बाबुको मृत्युको विवरण फरक देखिएको प्रशासनले बताएको छ ।
त्यस्तै,आलाम जोल्दाको नागरिकताबारे अनुसन्धान गर्न २०८१ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई पत्राचार गरेको थियो । सोही पत्रका आधारमा प्रहरीले वडाध्यक्षसहित चार जनालाई पक्राउ गरेको हो ।
