
Gis
Gsl
Lsbus
Pbu
Nssbush
Bsbus
Ksbus
Ssbus
Gis
Ssbus
Gsbus
ebg
bpmhl
Gis
Gms
Ses
Gss
Ksbus
Ksbus
Gsbus

Ggd
Asm
Rsb
Bbbpu
Rgu
Vor
Rgu
Sls
Wsp
Gst
Sbs
Rgs
Pvg
Hal
Tsm
nsb
Bbu
Ssm
Ksm

Bml
Jmb
Jmb
Rmb
Syp
Rpp
sab
bbt
Abd
Gsb
Pls
Mks
Ptm
दाङ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका वडा नम्बर ५,रातोडाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
मंगलबार आज बिहान करिब ४ बजे ना ५ ख ९३३६ नम्बरको ट्रक बिग्रिएर सडक किनारमा रोकिएको अवस्थामा रहेको बेला लु १२ प ९८४० नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक लमही नगरपालिका -७ हसनापुर निवासी अन्दाजी ३७ वर्षीय जीवन गिरीको मृत्यु भएको छ । गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि लमही अस्पताल लगिएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरेको जनाएको छ ।
त्यस्तै,मोटरसाइकलमा सवार अन्दाजी ३२ वर्षीय सोही ठाउँ निवासी धनिराम चौधरी घाइते भएका छन् । उनको हाल राप्ती स्वास्थ्य बिज्ञान प्रतष्ठान घोराहीमा उपचार भइरहेको छ । ट्रकको पछाडी मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । दुबै सवारी पश्चिम तर्फ जाँदै गरेको प्रहरीको भनाई छ ।
