
Dus
Lks
Gsg
gst
Jmb
Gipsg
Pbu
Unsku
Gmssl
Sebsg
Gst
Ggp
Gipsg

Ggd
Sls
Gst
Hal
Sbs
Bbu
nsb
Tsm
Pvg
Rsb
Ksm
Rgu
Wsp
Ssm
Bbbpu
Rgu
Asm
Vor
Rgs

Jmb
bbt
Gsb
Ptm
Abd
Syp
Mks
Rpp
Bml
sab
Pls
Jmb
Rmb
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गरेका छन् ।
मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद् पुनर्गठनका लागि सिफारिस गरेका हुन् । पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ ।
नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री नियुक्त गर्दै मन्त्रालयगत जिम्मेवारीसमेत तोकिएको छ । पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यस्तै,जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ । यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए । अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो । नव नियुक्त मन्त्रिहरुको शपथग्रहण जेठ २५ गते सोमवारकालागी तय भएको छ ।
त्यस्तै,लुम्बिनी सरकारको सात्ता साझेदार दल नेपाली कांग्रेसले भने सरकारको नेतृत्व परिवर्तनको अडान लिँदै आएको छ । पूर्ववत समझदारी बमोजिम एमालेले सरकारको नेतृत्व छाड्नुपर्ने कांग्रेसको भनाई छ । बजेट पछि मुख्यमन्त्रीले नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको स्रोतहरुको दाबी छ ।
