
Djs
Ggp
cjs
pku
Pes
Srbpu
Rgp1
Unsku
Rgp
Pbu
Lnp
Gfs
sbs
Sgr

Gst
Pvg
Ggd
Asm
Rgu
Vor
Sls
Ssm
Rsb
nsb
Bbu
Rgu
Rgs
Sbs
Wsp
Hal
Tsm
Ksm
Bbbpu

Rmb
Jmb
Ptm
sab
Mks
Jmb
Rpp
Syp
Abd
Gsb
Pls
bbt
Bml
रुपन्देही । तिलोत्तमा नगरपालिकाले भूमिहीन, अव्यवस्थित बसोबासी वस्ती नहटाउने बताएको छ । अव्यवस्थित बसोबासी, भूमिहीन, सुकुम्बासी संघर्ष समितिको ७ बुँदे ज्ञापनपत्र बुझेपछि नगर प्रमुख रामकृष्ण खाँण र उपप्रमुख जगेश्वरदेवी चौधरीले संघीय सरकारले ‘डोजर आतंक’ मच्चाएको भन्दै त्यसको विपक्षमा रहेको बताए ।
‘अहिलेको सरकारले आतंक मच्चाएको छ, त्यसमा तिलोत्तमा नगरपालिकाको ऐक्यवद्धता छैन’-नगर प्रमुख खाँणले भने– ‘भूमिहीन÷ अव्यवस्थित बसोबासीलाई नापजाँच भएका जग्गाको लालपुर्जा दिनुपर्छ भन्ने पक्षमा छौं ।’ नगर प्रमुख खाँणले भूमिहीन÷अव्यवस्थित बसोबासीको आन्दोलनमा नगरपालिकाको साथ रहेको भन्दै कत्ति पनि विचलित नहुन आग्रह गरे ।‘तपाईंहरुका मागमा ऐक्यवद्धता छ, समस्या समाधानमा चिन्तित छौं, माग पूरा गर्न पछि हट्दैनौ’– खाँणले भने ।
उपप्रमुख जगेश्वरदेवी चौधरीले यसअघिका आयोगबाट नापजाँच भइसकेका जग्गाको लालपुर्जा वितरणका लागि राजस्व संकलनको सूचना जारी गर्न मात्र बाँकी रहेका बेला देशभर डोजर आतंकले लाखौं नागरिकलाई त्रसित बनाएको बताए । ‘अरु पालिकामा डोजर चल्दा यहाँ पनि आतंक मच्चिएको छ तर हामी नगरवासीको साथमा छौं’– चौधरीले भने । तपाईंहरु ढुक्क रहनुस, हामीले पीडा दिन्नौं ।
त्यस्तै,तिलोत्तमा नगरभित्र अव्यवस्थित बसोबासी भूमिहीन सुकुम्बासी ८ हजार ४ सय ७६ परिवारको लगत संकलन सिफारिस भई भूमि आयोगमा दर्ता सुचिकृत भई जग्गाधनी प्रमाणपत्र दिने प्रक्रियामा रहेको अवस्थामा अहिलेको सरकारले आयोग खारेज गर्नु गैर जिम्मेवार कदम भएको संघर्ष समितिका संयोजक तेजबहादुर कुँवरले बताए ।नयाँयुगबोध
