
Ksbus
Rgp
Sdc
Ggp
Ggp
Asbus
Ksbus
Msbus
Lnp


दाङ । देउखुरीको राप्ती गाउँपालिकामा लुम्बिनी पुस्तकालय तथा अनुसन्धान केन्द्र गठन गरिएको छ । १९ औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा सोमबार आयोजित भेलाले गणेश आचार्यको अध्यक्षतामा दुई सदस्य पछि थप गर्ने गरी १९ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रकाश शाही,महासचिवमा जगतप्रसाद पोख्रेल र कोषाध्यक्षमा डिलाराम पौडेल चयन हुनुभएको छ । सदस्यहरुमा तुला गिरी, डिल्लीराम सुवेदी,विष्णु बेल्बासे,किरण भण्डारी, कृष्ण पोख्रेल,केशवराज आचार्य,विष्णुप्रसाद पोख्रेल,रामकृष्ण पौडेल,जिवराज शर्मा,ओमप्रकाश गुप्ता,कृष्णबहादुर बुढा मगर,चन्द्रप्रकाश ओली र बसन्त पुनमगर रहेका छन् । सहसचिव र एक सदस्य भने पछि थप गरिने जनाइएको छ ।
त्यस्तै भेलाले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टलाई केन्द्रको संरक्षक चयन गरेको छ । युवराज भण्डारी,रमेशमान गुरुङ,कृष्ण गिरी र रामप्रसाद चौधरीलाई सल्लाहकार चयन गरिएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भेलामा शिक्षक,प्राध्यापक,बुद्धिजीवी, साहित्यकार,पत्रकार तथा पुस्तकप्रेमीहरुको सहभागिता रहेको थियो ।
साे अवसरमा बोल्दै अध्यक्ष विष्टले पुस्तकालयलाई अध्ययन,अनुसन्धान र ज्ञान आदानप्रदानको केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए । उनले पठन संस्कृतिको विकाससँगै स्थानीय इतिहास,कला, संस्कृति र ज्ञानको संरक्षण तथा अनुसन्धानमा केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
भेलाले संस्थाको विधान तयार गरी संस्था दर्ताको प्रक्रिया अघि बढाउने जिम्मेवारी केन्द्रका अध्यक्ष गणेश आचार्यलाई दिएको छ । केन्द्रको कार्यालय राप्ती गाउँपालिका–३ मा रहने निर्णय समेत गरिएको छ ।
