Sidha Patra शुक्रबार, भाद्र १२, २०८३

काठमाडौँ । आज श्रावण शुक्ल पूर्णिमाका दिन देशभर हिन्दु धर्मावलम्बीहरुको पवित्र चाड रक्षाबन्धन तथा जनैपूर्णिमा धार्मिक विधि अनुसार मनाइँदै छ ।

सत्य युगदेखि चलिआएको यो पर्वमा आध्यात्मिक शुद्धीकरण र आत्मरक्षाका लागि विभिन्न अनुष्ठानहरु गरिन्छ । आजको दिन बिहानैदेखि श्रद्धालुहरुले नदी, तलाउ,पोखरी र जलाशयमा स्नान गरी सप्तऋषि तथा प्रजापति ऋषिहरुको पूजा–अर्चना गर्ने गर्दछन् । वशिष्ठ, काश्यप,अत्रि,जमदग्नि,गौतम,विश्वामित्र र भरद्वाज गरी सप्तऋषिहरुको स्तुति गर्दै तर्पण दिने परम्परा छ ।

आजको दिन गुरु पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन (डोरो) बाँध्ने गरिन्छ । भविष्यपुराणका अनुसार,देवगुरु वृहस्पतिले अत्यन्त बलशाली दानवराज बलिलाई बाँधेर देवगणहरुको रक्षा गरेको स्मरणमा यो डोरो बाँध्ने प्रचलन सुरु भएको हो ।

येन बद्धो वलीराजा दानवेन्द्रो महावलः ।

तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल ।।

अर्थात् “जुन रक्षा (काँचो धागो) ले दानवहरुको महान् राजा बलिलाई बाँधिएको थियो,म तिमीलाई त्यही धागोले बाँध्दछु,यो रक्षा बन्धनले तिम्रो सदैव रक्षा गर्नेछ” ।

ब्राह्मण,क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीहरुले आजकै दिन पुरानो जनै त्यागी मन्त्रिएको नयाँ जनै ९ यज्ञोपवीत फेर्ने गर्दछन् । जनै फेर्नुअघि जौ,तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरिन्छ । शास्त्रीय मान्यताअनुसार जनै धारण गर्नाले आयु,बुद्धि,तेज र बलको श्रीवृद्धि हुनुका साथै मानिस अनुशासित र विवेकशील बन्दछ ।

त्यस्तै,विभिन्न युगमा मर्यादा पुरुषोत्तम श्रीराम, श्रीकृष्ण, शिव,ब्रह्मा,महाराजा जनक र माता पार्वती, सीता,दुर्गालगायत सबैले जनै धारण गर्ने गरेको उल्लेख छ । प्राचीन समयमा नारीहरूले पनि जनै धारण गर्ने गरेको भए पनि पछिल्लो समय यो परम्परा हटाइएको पाइन्छ । जनै फेर्दा पुरानो जनै त्याग्ने र नयाँ जनै लगाउने छुट्टाछुट्टै वैदिक मन्त्रहरुको प्रयोग गरिन्छ ।

यस्तै,विशेष गरी नेपालको तराई क्षेत्र र भारतमा प्रचलित ‘राखी’ बाँध्ने परम्परा अहिले देशभर नै विस्तार भएको छ । दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै राखी बाँधिदिने र दाजुभाइले दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिई रक्षाको वचन दिने गर्दछन् । यसले दाजुभाइ र दिदीबहिनीबिचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास समेत गरिन्छ ।रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]