Sidha Patra बुधबार, माघ १४, २०८२

काठमाडौं । सरकारले आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि १९ अर्ब २१ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ ।

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार यो सबै रकम आन्तरिक स्रोतबाटै जुटाइएको हो । गृह मन्त्रालयलाई १० अर्ब ४९ करोड,रक्षा मन्त्रालयलाई १ अर्ब ९९ करोड र निर्वाचन आयोगलाई ६ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

निर्वाचन आयोगका लेखा अधिकृत विष्णुप्रसाद भुसालका अनुसार साढे ४ अर्ब रुपैयाँभन्दा धेरै रकम मतदान र त्यससँग जोडिएका गतिविधिमा खर्च हुनेछ । सबैभन्दा धेरै खर्च चुनावको सुरक्षामा हुनेछ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार झन्डै १ लाख ५० हजार निर्वाचन प्रहरी र ७७ हजार नेपाली सेना परिचालन हुनेछन् । अघिल्लो पटक सुरक्षामा झन्डै साढे ११ अर्ब रुपैयाँ खर्च भएको थियो ।

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले चुनावी खर्च अत्यधिक बढेको भन्दै नीतिगत सुधार गर्नुपर्ने बताए । उनले सुरक्षा खर्च घटाउन राजनीतिक दलले प्रमुख भूमिका खेल्नुपर्ने र विकेन्द्रीकृत तरिकाबाट चुनाव गराउन सकिने बताए ।

यसपालि उम्मेदवारहरुले खर्च गर्न पाउने सीमा जिल्लाअनुसार २५ लाखदेखि ३३ लाख रुपैयाँसम्म तोकिएको छ । विज्ञहरुले कतिपय उम्मेदवारहरुले तोकिएको सीमाभन्दा धेरै गुणा रकम खर्च गर्ने र यस्तो अपारदर्शी खर्च ठूलो चुनौती बनेको बताएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]