
Ggp
Rgp
Jns
Sgp
ksb
lnp
Rgp
Rgp
Lks
Asb
Dbs
Rgp
Dus
Usb
Pbu
Ggp
Lnp


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहले जानकी मन्दिरको दर्शन गर्ने भएका छन् । पूर्वराजाको संवाद सचिवालयका अनुसार यही माघ १२ गते पूर्वराजारानीले जानकी मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह यही माघ १२ गते जनकपुरधाम सवारी होईबक्सी जानकी मन्दिर दर्शन गरिबक्सने कार्यक्रम रहेको छ,संवाद सचिवालयको सूचनामा उल्लेख छ ।
त्यस्तै यसअघि संवाद सचिवालयले ज्ञानेन्द्रलाई पूर्व श्री ५ भनी सम्बोधन गर्न सुरु गरेको थियो । तर पछिल्लो सूचनामा भने पूर्व श्री ५ नलेखी सिधै श्री ५ महाराजाधिराज लेखिएको छ ।
नेपालको संविधानअनुसार अहिले कोही पनि श्री ५ महाराजाधिराज नरहेको भन्दै प्रहरीले ज्ञानेन्द्रको संवाद सचिवालयका अधिकारीहरुलाई बोलाएर सम्झाएको थियो । त्यसपछि श्री ५ महाराजाधिराज लेखिएका वक्तव्यहरु सामाजिक सञ्जालबाट सचिवालयले हटाएको थियो,र केही वक्तव्य पूर्वराजा सम्बोधन गरी सार्वजनिक भएका थिए । तर पछिल्लो सूचनामा भने पूर्व शब्द देखिँदैन ।
