
Ksm
Anm
Pbu
Gmk
gst
mbd
Gisld
Mbdvs
Sds
Rbs

Vor
Pvg
Ggd
Ksm
Sls
Wsp
Rgs
Hal
nsb
Sbs
Tsm
Gst
Bbu
Bbbpu
Rgu
Ssm
Asm
Rsb
Rgu

Jmb
Jmb
Abd
Mks
Syp
sab
Bml
Gsb
Ptm
bbt
Rpp
Pls
Rmb
प्यूठान । कोरोना भाईरस(कोभिड १९ )को संक्रमणको जोखिम बढेपछि सरकारले जारी गरेको लकडाउन पछि समस्यामा परेका ज्यालादारी मजदुरलाई प्यूठानका स्थानीय तहले खाद्यान्न दिने भएका छन।दैनिक ज्यालादारीमा काम गरेर छाक टार्ने मजदुरहरुको परिवारमा खाद्यान्न संकट हुन नदिन उनिहरुले खाद्यान्न उपलब्ध गराउन थालेका हुन। जिल्लाका प्युठान नगरपालिका सहित माण्डबि र नौ बहिनीले आ-आफ्नो गाउपालिका क्षेत्रभीत्रका मजदुरहरुलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेका छन्। भने अन्यले मजदूरहरुको तथ्यांक संकलन सुरु गरेका छन् ।
माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले शुक्रवार बसेको कार्यपालिकाको आकस्मिक बैठकले पालिका क्षेत्रभित्र रहेका मजदूरलाई खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको बताउनुभयो । ‘ बिपन्न परिवार छनौट गरी खाद्यान्न सहयोग गर्ने निर्णय गरेका छौँ’ उहाँले भन्नुभयो, ‘गाउँपालिकाबाट चामल, दाल, नुन, तेल उपलब्ध गराउने छौं ।’
कार्यपालिका बैठकले प्रत्येक वडाका २५/ २५ परिवारका लागि १५ दिनसम्म पुग्ने खाद्यान्न सामाग्री दिने निर्णय भएको रोकाले जानकारी दिनुभयो ।उहाका अनुसार गाउँपालिकाले १ सय २५ मजदूर परिवार खाद्यान्न उपलब्ध गराउने भएको हो ।
विपन्न परिवारलाई खाद्यान्न सामग्रीको जोहोका लागि प्यूठान उद्योग बाणिज्य संघ माण्डवी बजार इलाका र स्थानीय योगी पेट्रोल पम्पका संचालक दामोदर योगीले रू.३०/ ३० हजार बरावर सहयोग गर्ने भएका छन् ।त्यस्तै, गाउँपालिकाले सूचनामा सहज पहुँचका लागि टोल फ्री नम्वर जडान गर्ने निर्णय समेत गरेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिशिर रिजालले जानकारी दिनुभयो । त्यस्तै, प्यूठानको नौबहिनी गाउँपालिकाले पनि मजदूर परिवारलाई १ महीनाका लागि पुग्ने खाद्यान्न उपलब्ध गराउने निर्णय गरिएको जनाएको छ। गाउँपालिकाले आठ वटै वडाका ज्यालादारी मजदुरलाई खाद्यान्न दिने निर्णय गरेको हो। प्यूठान नगरपालिकाले विपन्न एवं मजदुर परिवारको लगत लिएर खाद्यान्न राहत दिने योजना बनाएको जनाएको छ । उता स्वर्गद्धारी नगरपालिकामा पनि विपन्न परिवार छनोटको काम भइरहेको बताईएको छ ।
