
Unsku
Sgr
Rgp
Pbu
Pes
Ggp
Rgp1
pku
Djs
Srbpu
Lnp
Ses
cjs
Gfs

Vor
Wsp
Bbbpu
Ssm
nsb
Sls
Sbs
Rgs
Rgu
Bbu
Tsm
Asm
Ggd
Rsb
Hal
Pvg
Gst
Rgu
Ksm

Jmb
Pls
Abd
sab
Jmb
Rmb
Mks
Ptm
Bml
bbt
Syp
Gsb
Rpp
दाङ । लुम्बिनी प्रदेशका सदस्य रेवतिरमण शर्माले विद्यालयकाे सबै प्रकारकाे विकासका लागि तीनै तहकाे सरकार लागि परेकाे बताउनु भएको छ । आर्दश नमूना माध्यमिक विद्यालय देउपुरको साेमबार सम्पन्न भएको ४५ औं वार्षिक उत्सब तथा अभिभावक दिवस समारोहको उद्धधाटन पछि आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्नु हुदै यस्ताे बताउनु भएको हाे । विद्यालयको भाैतिक रुपमा सु सम्पन्न भएर मात्रै नहुने भन्नुहुदै त्यसका लागि शिक्षाको गुणस्तर सुधार गर्न जरुरी रहेकाे बताउनु भयाे । सो सभाका प्रमुख अतिथि समेत रहनु भएका शर्माले अबकाे प्रदेश सरकारकाे मिसन भनेकाे सबै क्षेत्रबाट पछाडि पारिएको र परेकाे विद्यालयमा आर्थिक समाजिक तथा शैक्षिक तवरमा पनि सहयाेग गरिने भनाइ राख्नु भयो ।
त्यस्तै उहाँले विकट बस्ति गाउँमा रहेकाे असाध्यै पछाडि परेका विद्यालयहरुको लागि सहयाेग रहने छ भन्नू हुदै विद्यालयकाे शैक्षिक गुणस्तर सुधारमा अभिभावक,शिक्षक र विद्यार्थीहरु बढि जिम्मेवार हुने पर्ने भनाइ पनि साे अबसरमा राख्नु भएको थियाे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान प्रसाद चौधरीको अध्यक्ष्यता तथा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य रेवतीरमण शर्माकाे प्रमुख आतिथ्यता र सो विद्यालयका निवर्तमान अध्यक्ष रेशम बहादुर खड्काकाे विशेष आतिथ्यतामा सभा सम्पन्न भएको थियाे । कार्यक्रममा विद्यालयका प्रअ शिबहरि पाेखरेलले वार्षिक आर्थिक आयव्यय प्रस्तुत तथा प्रगति प्रतिबेदन पढेर सुनाउनु भएको थियोे ।
कार्यक्रममा नेसनल प्याबसन केन्द्रीय उपाध्यक्ष भुमान्डब केसी,शिक्षक अभिभाबक संघका अध्यक्ष शिव लाल पंन्थि,अभिभावक गंगा पान्डे,प्रकाश खनाल लगायतले बाेल्नु भएको थियाे । शिक्षक प्रतिनिधि गेह राज चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन शिक्षक द्वय शेर बहादुर चौधरी र वसन्त राज अघिकारिले गर्नु भएको थियाे । वि.स२०३३ सालमा स्थापना भएको विद्यालयमा हाल विद्यार्थीको संख्या भने झन्डै २६ सय रहेका छन । उक्त समारोहमा नर्सरि देखि कक्षा १२ सम्मका प्रथम,दृत्य,तृतीय र विभिन्न ब्याक्तित्वहरु गरि जम्मा १३ जनाले स्थापना गर्नु भएको अक्षयकाेषबाट आउने रकमले विद्यार्थीहरुका लागि नगद,कदर पत्र सहित पुरुषकृत गरिएको थियाे भने बिच बिचमा नृत्य पनि राखिएको थियाे र विभिन्न खेलकुद प्रतियाेगितामा उत्कृष्ट स्थान हासिल गरेका भाइ बहिनीहरुलाई पनि पुरुषकृत गरिएको थियाे ।
