
Sgr
Djs
cjs
pku
Rgp
Ses
Gfs
Pes
Lnp
Pbu
Ggp
Unsku
Rgp1
Srbpu

Sbs
Vor
Wsp
Asm
Ksm
Rgs
Ggd
Sls
Bbu
Hal
nsb
Tsm
Rgu
Bbbpu
Pvg
Gst
Rgu
Ssm
Rsb

Abd
Bml
Rpp
Jmb
sab
Mks
Ptm
Rmb
bbt
Jmb
Syp
Pls
Gsb
दाङ । देउखुरीको राप्ती र लमहीबाट ३ जना लागुऔषध सहित पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ धम्बोजी बस्ने वर्ष ३८ को इमरान सिद्दिकी हलवाई र सोही पालिकाको वडा नम्बर ८ ज्वलाहापुर बस्ने बर्ष ३८ को नुरुद्दिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
आइतवार अन्दाजी ४ बजेको समयमा दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी स्थित पुर्व पश्चिम राजमार्गको सडक खण्डमा इलाका प्रहरी कार्यालय भालुवाङ दाङबाट खटिएको प्रहरी चेकिङ टोलीले चेकजाँचको क्रममा उनीहरुलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
त्यस्तै उनीहरुको शरिर खानतलासी गर्दा ईमरान सिद्दिकी हलवाईको साथबाट खैरो धुलो पदार्थको शुद्द तौल ३१ ग्राम १६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
यस्तै वडा प्रहरी कार्यालय लमहीबाट गस्तीमा खटिएको टोलीले पनि १ जनालाई लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुकुम (पुर्व) पुथा उत्तरगंगा गा.पा.वडा नम्बर १२ बस्ने बर्ष २६ को सुजन परियार रहेका छन् । सोमवार दिउँसो अन्दाजी २ बजेको समयमा लमही नगरपालिका वडा नम्बर ५ लमही बसपार्क स्थित लागु औषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा परियारलार्ई उक्त स्थानमा संकास्पद रुपमा उभिरहेको अवस्थामा पक्राउ गरेको हो ।
त्यस्तै पक्राउ परेका परियारको शरीर रितपुर्वक खानतलासी लिदा निजको साथबाट प्लाष्टिक हटाई तौल गर्दा १३ ग्राम २९० मिलिग्राम परिमाणको २ वटा पुडिया लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो रङको धुलो फेला पारेको छ । पक्राउ परेका परियारलाई दाङ जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
