
Ggp
Unsku
Lnp
Rgp1
Djs
Ses
Sgr
Pes
Rgp
cjs
Srbpu
Pbu
Gfs
pku

Rgu
Rgu
Ksm
Sls
nsb
Hal
Bbu
Rsb
Rgs
Vor
Pvg
Ggd
Sbs
Wsp
Gst
Asm
Tsm
Bbbpu
Ssm

Syp
bbt
Rpp
Ptm
Jmb
Mks
Rmb
Bml
Jmb
Gsb
Abd
Pls
sab
दाङ । राजस्व छली गरी ल्याइएको तीन लाख बढीको सामान बरामद गरिएको छ । दाङ प्रहरीका अनुसार बिलबिजक प्रक्रिया पूरा नगरी राजश्व छलि गरी ल्याइएको तीन लाख ३० हजार ९९० रुपैंया बराबरको विभिन्न सामान बरामद गरिएको हो ।
कार,मोटरसाइकल वास ३०३ लिटर प्रति लिटर ३० का दरले ९ हजार ९०, ह्यान्ड वास २३० लिटर १३ हजार ८ सय, डिस वास १८० लिटर ९ हजार, कटनको तन्ना ८३८ पिस प्रति पिस ३ सयका दरले २ लाख ५१ हजार ४ सय, सिरानीको कभर ७९५ पिस प्रति पिस ६० का दरले ४७ हजार ७ सय रुपैंष गरी जम्मा तीन लाख ३० हजार ९९० रुपैंया बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिए ।
त्यस्तै हिजो आइतबार बिहान ६ बजेतिर लमही नगरपालिका–९ स्थित ट्रक समितिको कार्यालय नजिकैको पूर्व–पश्चिम राजमार्गमा प्रहरीद्वारा चेकजाँचका क्रममा राजश्व छलि गरी ल्याइएका विभिन्न सामान बरामद गरिएको डिएसपी शाहले बताए ।
इलाका प्रहरी कार्यालय अमिलिया दाङबाट खटिएको प्रहरी टोलीलेसवारी साधन चेकजाँच गर्ने क्रममा राजश्व छलि गरी ल्याइएका सामान फेला पारी बरामद गरेको डिएसपी शाहले जानकारी दिए ।
