
Srbpu
Unsku
Ggp
Rgp1
Gfs
pku
cjs
Ses
Pes
Lnp
Djs
Sgr
Pbu
Rgp

Ssm
nsb
Bbu
Rgs
Ggd
Ksm
Wsp
Rsb
Pvg
Sls
Tsm
Rgu
Vor
Gst
Rgu
Hal
Asm
Bbbpu
Sbs

Rmb
Gsb
sab
Rpp
Jmb
Abd
Bml
Ptm
Jmb
Mks
Syp
bbt
Pls
काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यहाँ आकर्षक तलब दिलाउने प्रलोभनमा पारेर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
त्यस्तै पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–१३ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने २४ वर्षीय सुजन आले मगर रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौँको भद्रकाली क्षेत्रबाट आइतबार पक्राउ गरेको हो।
सुजनले एक पीडितलाई अमेरिका पठाउने आश देखाएर दुई लाख ५५ हजार रुपैयाँ असुलेको र रकम लिएपछि सम्पर्क विहीन भएको उजुरी परेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। पीडितको उजुरीका आधारमा खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेका मगरलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। रातोपाटी
