Sidha Patra सोमबार, पुष ०७, २०८२

काठमाडौँ । वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने र त्यहाँ आकर्षक तलब दिलाउने प्रलोभनमा पारेर रकम ठगी गर्ने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यस्तै पक्राउ पर्नेमा धादिङको नीलकण्ठ नगरपालिका–१३ घर भई हाल ललितपुर महानगरपालिका–४ बस्ने २४ वर्षीय सुजन आले मगर रहेका छन्। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौँको भद्रकाली क्षेत्रबाट आइतबार पक्राउ गरेको हो।

सुजनले एक पीडितलाई अमेरिका पठाउने आश देखाएर दुई लाख ५५ हजार रुपैयाँ असुलेको र रकम लिएपछि सम्पर्क विहीन भएको उजुरी परेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो। पीडितको उजुरीका आधारमा खटिएको विशेष टोलीले उनलाई नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेका मगरलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। रातोपाटी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]