
Lnp
Unsku
cjs
Pbu
Sgr
Djs
Pes
Srbpu
Ggp
Rgp1
Gfs
pku
Rgp
Ses

Rgu
Rgs
Ssm
Asm
Ksm
Tsm
Pvg
Sbs
Ggd
Sls
Wsp
Vor
Bbu
Gst
Rgu
nsb
Hal
Bbbpu
Rsb

Mks
Gsb
Jmb
Jmb
bbt
sab
Ptm
Rmb
Syp
Abd
Pls
Bml
Rpp
दाङ । डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजनल वन अधिकृत जिवन पंगेनीले जैविक विविधता संरक्षणमा सबैको साझा प्रतिबद्धता आवश्यक पर्ने बताए ।
वनलाई उपभोक्ताको जीविकोपार्जनसँग जोड्दै उद्यमशीलता विकासमा समेत ध्यान दिन आग्रह गर्दै, बजेट कार्यान्वयन गर्ने क्रममा वनको दिगो व्यवस्थापनसँगै पर्यापर्यटनलाई विशेष जोड दिनुपर्ने बताए । उनले भने ,–। ‘सामुदायिक वन भनेको सरकारी चिज रहेको हो । यसलाई निति नियम अनुसार अगाडि बढाउनु पर्छ यदि कुनै सामुदायिक वनले नियम विपरीत सामुदायिक वनलाई लैजान्छ भने त्यस सामुदायिक वनले नियम अनुसारको सजायको लागि भागिदार हुनुपर्ने पर्छ ।
सम्पूर्ण सामुदायिक वनहरूलाई सजग भएर अगाडि आग्रह गर्दछु ।’कार्यक्रममा सामुदायिक वन उपभोक्ता स्थानिय वन महासंघ लमहीका अध्यक्ष पूर्णबहादुर बस्नेतले वनले वार्षिक कार्ययोजना अनुसार काम गर्दै गर्यो भने समुहमा खासै त्यस्तो समस्या नआउने बताउदैँ वार्षिक कार्ययोजना अनुसार काम गर्न अनुरोध गरे ।
उनले सामुदायिक वनको पैसालाई दुरुपयोग नगर्न अनुरोध गर्दै वन ऐेन अनुसार कामहरु गर्दै अगाडि बढाउन आग्रह गर्दै, सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसंगै रोजगारी सृजना र आर्थिक स्तर उकास्ने कार्यक्रम संचालन गरेको प्रति खुसि व्यक्त गरे । कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालले सामुदायिक वनको उपभोक्ता क्षेत्र भित्र युवा, विद्यार्थी,महिला लक्षित कार्यक्रम सञ्चालन गरिने बताउँदै,उपभोक्तालाई वन संरक्षण प्रति जागरुक बनाउन विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको बताए । उनले सामुदायिक वनबाट उपभोक्ता केन्द्रित भएर धेरै कामहरु गर्न सकिने बताए ।
सामुदायिक वनहरुको स्थापनासँगै नेपालमा वनजंगल संरक्षणको काम प्रभावकारी भएको भन्दै अध्यक्ष रिजालले संरक्षणसँगै सही सदुपयोग पनि अहिलेको आवश्यकता भएको उल्लेख गरे । उनले सामुदायिक वनलाई परम्परागत तवरले भन्दा आधुनिक प्रविधिसँग जोड्न सकियो भने समुदायको जीवनस्तर उकास्न सकिने बताए । उनले उपभोक्ताहरुले वनको संरक्षण पहिलो प्राथमिकता भएको बताउँदै,चोरी निकासी र आगलागी नियन्त्रण पछिल्ला दिनमा चुनौनी बन्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहाका उपाध्यक्ष रवि श्रेष्ठले वन संरक्षण गरेर मात्रै नहुने बताउनुहुदैँ, उनले वनमा आश्रित परिवारको आयआर्जनमा वन अधारित उद्यम कार्यक्रम संचालन गर्दै आएको बताउनुहुदैँ,पर्यापर्यटनको प्रवद्र्धनमा पनि वनले जोड दिइरहेको बताए । उनले पूर्वपश्चिम राजमार्गसंगै जोडिएकाले सामुदायिक वन र जैविक विविधता ग्रीनपार्कलाई पर्यटनसंग जोडेरआयआर्जनको लागि जोड्ने प्रयास भइरहेको बताए । यसबाहेक पनि वृक्षारोपण,तारबार पोखरी निर्माण तथा संरक्षण,सर्वसुल काठ दाउरा वितरणका कार्यहरु भइरहेको छ ।
साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन संस्थाका सह–सचिव हेमन्त पाण्डे,आर्थिक प्रतिवेदन कोषाध्यक्ष तेजबहादुर विकले प्रस्तुत गरेका थिए । उपाध्यक्ष रवि श्रेष्ठको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव गोमा भण्डारी र सदस्य सुदन केसीले गरेका थिए ।
सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजालको अध्यक्षता एवम् डिभिजन वन कार्यालय देउखुरीका सिनियर डिभिजन वन अधिकृत जीवन पंगेनिको प्रमुख अतिथि तथा सामुदायिक वन स्थानीय उपभोक्ता वन महासंघ लमहीका अध्यक्ष पूर्णबहादुर बस्नेतको विशिष्ट अतिथिमा सम्पन्न कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघ लमहीका सह– कोषाध्यक्ष अकबर अलि,लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव बसन्त आचार्य,नर्ति समन्वय समिति लमहीका उपाध्यक्ष तारा घिमिरे, नेपाल रेडक्रस सोसाईटी लमही शाखाका सदस्य सुर्यराज गौतम,पत्रकारहरुको तर्फबाट वरिष्ठ पत्रकार राधेश्याम गुप्ता,रातो डाँडा टोल विकास संस्थाका अध्यक्ष पदम प्रसाद अधिकारी,कर्री सामुदायिक वन उपभोक्ता समुहका सदस्य दिपा खत्री,नेपाल विद्युत प्राधिकरण नयाँ बुटवल लमही चारसय केभी प्रसारण लाइनल आयोजनाका इञ्जिनियर दृष्टि बराल, डिभिजन वन कार्यालय देउखुरीका वरिष्ठ वन अधिकृत दिपक थारु,राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीका अध्यक्ष बासुदेव भट्टराई,नेपाली कम्युनिस्ट पार्टीका नेता डिलकुमार श्रेष्ठ,नेकपा एमाले लमही नगर कमिटी लमहीका अध्यक्ष रतन कुमार केसी लगायतले बोलेका थिए ।
कार्यक्रममा डि.जि.एम नेपालको आर्थिक सहयोग एवम् प्राकृति स्रोत महिला अधिकार सञ्जाल भक्तपुर र अजम्मरी सामुदायिक वन उपभोक्ता समुहले संयुक्तरुपमा आयोजना गरेको ३० दिने अजम्मरी सामुदायिक वन बाँस हस्तकला उद्यम तालिममा सहभागी र प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरिएको हो ।
पत्रकार पुन सहित आठजना सम्मानित
अजम्मरी सामुदायिक वन उपभोक्ता समुहको १९ औँ वार्षिक साधारणसभा कार्यक्रमको अवसरमा नेपाल पत्रकार महासंघ दाङ जिल्ला सदस्य पत्रकार टेकबहादुर पुन सहित आठजना श्रेष्टा सम्मानित भएका छन् । साधारणसभाको अवसरमा पत्रकारिता क्षेत्रमा क्रियाशील रही,अजम्मरी सामुदायिक वन उपभोक्ता समुहद्वारा संचालित जैविक विविधता ग्रीनपार्कको समग्र विकासमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै,वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८२ नगद सहित दोसल्ला ओढाएर पत्रकार टेकबहादुर पुनलाई सम्मान गरिएको थियो ।
त्यसैगरी इञ्जिनियर आकाश शर्मा,गुरुकुल एकेडेमीबाट सुदाम्स जिसि,सशस्त्र प्रहरी बल नं. ४१ रिजर्भ गण हेक्वा अर्जुनखोला,देउखुरी उद्योग बाणिज्य संघबाट अकबर अलि,वन्यजन्तु युवा संरक्षणकर्मी चिरञ्जीवी खनाल, समाजसेवी प्रमोद गौतम,युवा समाजसेवी बिनोद बुढाथोकीलाई १९ औँ वार्षिक साधारणसभाको अवसरमा सम्मानित गरिएको थियो ।
