Sidha Patra आइतबार, पुष ०६, २०८२

काठमाडौँ । संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ ।

संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रुपमा स्वीकार गरेको जनाइएको छ ।

गत वर्ष डिसेम्बर ७ तारिखमा संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई आधिकारिक रुपमा विश्व ध्यान दिवसको मान्यता दिएको थियो । सोही वर्ष पहिलोपटक टुँडिखेलमा सरकारकै आयोजनामा दिवस मनाइएको थियो । यस वर्ष पनि सरकारकै आयोजनामा यो दिवस मनाउन लागिएको हो ।

नेपाललाई विश्वकै ‘ध्यानको राजधानी’ का रुपमा विकास गर्नुपर्ने यस क्षेत्रमा लागेकाहरुको भनाइ छ । एघार वर्षको निरन्तर प्रयासपछि राष्ट्रसंघले ध्यान दिवसलाई मान्यता दिएको हो । सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर ७ मा राष्ट्रसंघको महासभाले नेपालसहित १८ देशको प्रस्ताव पारित गरेपछि ध्यान दिवस मनाउन थालिएको हो ।

त्यस्तै यस अवसरमा आज बिहान शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले सैनिक मञ्च टुँडिखेलमा कार्यक्रम आयोजना गरेको छ । त्यसैगरी, दक्षिणकाली नगरपालिका–१ स्थित बोसनमा रहेको ब्रह्मानन्द सरस्वती ग्राममा ध्यानका बारेमा अन्तरक्रियासहित सामूहिक ध्यान गर्ने कार्यक्रम रहेको छ । यस अवसरमा अन्य सरोकार भएका निकायले पनि आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।रासस

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]