
Lnp
Dus
Rgp
Rgp
Jns
Sgp
ksb
lnp
Rgp
Usb
Ggp
Asb
Rgp
Ggp
Lks

lms

दाङ । देउखुरीको गढवा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको १६ औं बार्षिक साधारण सभा शनिवार गढवामा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष कृस्णराज पाण्डेयको अध्यक्षता र गढवा गाउपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गढवा ५ का अध्यक्ष लेख बहादुर थपा,गढवा उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मधा न्यौपाने, डिभिजन खानेपानी कार्यालय दाङका सव-इन्जिनियर इन्द्र बहकरी,गढवा पन्चैबाजा कला संस्कृति संरक्षण केन्द्रका अध्यक्ष दयाराम थापा, गढवा होटल ब्यवसायी संघका अध्यक्ष रामबहादुर थापा क्षेत्री र रेडक्रस गढवाका टन्केश्वर भण्डारि लगाएतले सुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाका सचिव खुमानन्द पोख्रेलले संस्थागत प्रतिवेदन र बार्षिक कार्यक्रम तथा कोषाध्यक्ष दामोदर ढुंगाना ले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले चालू आबमा तकियापुर-धर्मपुर खानेपानी र गढवा खानेपानीको मर्ज गरि सो क्षेत्रमा पाइपलाइन विस्तार गर्ने,मदपुर र झालिमा पनि जिल्ला सङ समन्वत गरि पाइपलाइन बिस्तार गर्ने लक्ष्य लिएको जानकारी गरिएको हो ।
संस्थाका उपाध्यक्ष लिलाधर आचार्यको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सन्चालन सचिव खुमानन्द पोख्रेलले गरेका थिए ।

