
Rgp
Srbpu
Lnp
Pbu
Sgr
cjs
Gfs
Rgp1
pku
Pes
Ggp
Djs
Ses
Unsku

Sls
nsb
Bbbpu
Rgs
Rgu
Ssm
Asm
Ksm
Pvg
Sbs
Bbu
Rsb
Wsp
Vor
Gst
Ggd
Tsm
Hal
Rgu

bbt
Rmb
Mks
Abd
Gsb
Jmb
Ptm
Pls
Bml
Rpp
sab
Syp
Jmb
सिराहा । सिराहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट २२ ग्राम ब्राउन सुगरसहित ४ जना युवकलाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले शुक्रबार अपराह्न धनगढी माई नगरपालिका वडा नम्बर ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम र लहान २३ बाट १६ ग्राम ५ मिलिग्राम लागु पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले कसहा–वसन्तपुर भित्री सडक अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहाबाट ६ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगरसहित दाङ घर भएका २९ वर्षीय देवराज वली र सिन्धुली कमलामाई नगरपालिका ६ रातामाटाका ३४ वर्षीय सुशील अधिकारीलाई पक्राउ गरेको हो ।
त्यस्तै अस्थायी प्रहरी पोस्ट कसहा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले शङ्का लागि ज.१ ह ३९३० नम्बरको अटोमा सवार उनीहरूलाई जाँच गर्दा उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
त्यसैगरी,लहान २३ गढिया चोकबाट स्थानीय ३६ वर्षीय विजयकुमार साह र ३१ वर्षीय सुरेन्द्रकुमार दासलाई १६ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित बिहीबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका निमित्त सूचना अधिकारी ओमप्रकाश पण्डितले जानकारी दिए।
त्यस्तै विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
