
Rgp
Ggp
Ggp
Rgp
Sgp
Lnp
Asb
Lks
Usb
Jns
lnp
ksb
Dus
Rgp
Rgp

lms

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसद छनोटका लागि लुम्बिनी प्रदेशमा उम्मेदवारसँग छलफल कार्यक्रम शनिबार लमहीमा सुरु भएको छ ।
रास्वपाका संस्थापक सदस्य तथा सचिवालय सदस्य गणेश पराजुलीको नेतृत्वमा उम्मेदवारहरुसँग छलफल प्रक्रिया अघि बढाइएको हो ।
प्रदेश सभापति देवराज पाठकसहित पार्टीका अन्य प्रदेशस्तरीय नेताहरुको छलफलमा सहभागिता
रहेको छ । लुम्बिनी प्रदेशबाट समानुपातिक सांसद उम्मेदवारका लागि ४५ जनाले आकांक्षीका रुपमा निवेदन दिएका छन् ।
पार्टीले ‘जान्नेलाई छान्ने विधि’ अन्तर्गत समानुपातिक सांसदका उम्मेदवारसँग छलफल गरी भूगोलका आधारमा उम्मेदवार सिफारिस गरिने गणेश पराजुलीले जानकारी दिए । यस्तै उनका अनुसार देशभरबाट प्राप्त उम्मेदवारहरुको नाम बन्दसूचीका लागि केन्द्रमा पठाइने जनाइएको छ ।
