
Gfs
Pes
Srbpu
Ggp
Lnp
Pbu
Djs
pku
cjs
Ses
Rgp
Sgr
Rgp1
Unsku

Vor
Sbs
Rgu
Gst
Ksm
Asm
Ggd
Rsb
Hal
nsb
Pvg
Bbbpu
Ssm
Rgs
Bbu
Tsm
Wsp
Sls
Rgu

Gsb
Syp
Jmb
Mks
sab
Jmb
Bml
bbt
Ptm
Rpp
Pls
Rmb
Abd
काठमाडौं । धानखोला–लमही सडकखण्डलाई चार लेनमा स्तरोन्नति गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई ध्यानाकर्षण पत्र बुझाइएको छ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को सहयोगमा कार्यान्वयन हुने यो सडकखण्ड दुई लेनमा मात्र निर्माण हुने तयारीप्रति आपत्ति जनाउँदै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको नेतृत्वमा राजनीतिक दलका प्रतिनिधि, धानखोला–लमही सडक चार लेन विस्तार संघर्ष समिति र स्थानीय सरोकारवालाहरूले संयुक्त रुपमा शुक्रबार मन्त्री घिसिङलाई पत्र बुझाएका हुन् ।
ध्यानाकर्षण पत्रमा धानखोला–लमही सडक पूर्व–पश्चिम राजमार्गको अत्यन्तै महत्वपूर्ण खण्ड रहेको उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशको राजधानीसँग जोडिने यस सडकखण्डमा भालुबाङ, सिसहनियाँ र लमहीजस्ता व्यस्त बजार क्षेत्र पर्ने, दैनिक सयौँ सवारी साधन सञ्चालन हुने तथा घना बस्ती विकास भइसकेको अवस्थामा दुई लेनको सडक अपर्याप्त हुने जनाइएको छ ।
त्यस्तै सडक साँघुरो हुँदा ट्राफिक जाम,सवारी दुर्घटना तथा पैदल यात्रुहरु जोखिममा पर्ने समस्या बढ्दै गएको उल्लेख गर्दै चार लेनमा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । बहुलेन सडक निर्माणले यातायात व्यवस्थापन सहज हुने, दुर्घटना न्यूनीकरण हुने,व्यापार–व्यवसाय,पर्यटन तथा कृषि उत्पादनको ढुवानी प्रभावकारी भई स्थानीय अर्थतन्त्र मजबुत हुने विश्वास व्यक्त गरिएको छ ।
सडक साँघुरो हुँदा ट्राफिक जाम,सवारी दुर्घटना र पैदल यात्रु जोखिम बढ्दै गएको उल्लेख गर्दै,चार लेनमा स्तरोन्नति गर्दा यातायात व्यवस्थापन सहज हुने,दुर्घटना न्यूनीकरण हुने, व्यापार–व्यवसाय,पर्यटन र कृषि उत्पादनको ढुवानी प्रभावकारी हुने उल्लेख गरिएको छ ।
दीर्घकालीन शहरी विकासलाई ध्यानमा राखी सघन शहरी मापदण्डअनुसार सडक निर्माण गर्न सके भविष्यमा पुनः विस्तारको आवश्यकता कम हुने,सहज यातायातले इन्धन खपत घट्ने र वातावरणीय प्रदूषण न्यूनीकरणमा समेत योगदान पुग्ने उल्लेख पत्रमा गरिएको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री घिसिङले एमसीसी परियोजनाअन्तर्गत हाल स्वीकृत डिजाइन परिवर्तन गर्न सम्भव नभएको बताए । उनले हालको परियोजना अनुदान सहयोगका रुपमा आएको उल्लेख गर्दै यसकाे कार्यनयनमा सबैको सहयोग आवश्यक रहेको बताए ।
त्यस्तै मन्त्री घिसिङले भविष्यमा आवश्यकता अनुसार सरकारले थप बजेट विनियोजन गरी चार लेन वा छ लेनमा विस्तार गर्न सकिने स्पष्ट पारे । उनले परियोजना कार्यान्वयनमा अवरोध भए परियोजना फिर्ता हुन सक्ने सम्भावना पनि रहेको जानकारी दिए ।
ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा नेपाली कांग्रेसका दुर्योधन पाण्डे,नेकपा एमालेका रत्न तिवारी,नेपाली कम्युनिष्ट पार्टीका श्यामेस चौधरी, राष्ट्रिय जनमोर्चाका बाबुराम थापा,राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम मल्ल,नेकपा माओवादीका यमलाल कटुवाल,सडक चार लेन विस्तार संघर्ष समितिका संयोजक प्रकाश शाही,सामाजिक अभियन्ता बसन्तराज शर्मा,राप्ती उद्योग व्यापार संघका अध्यक्ष गन्जबहादुर विष्ट लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
