
Srbpu
Djs
Ses
Sgr
Gfs
pku
Unsku
Pes
Rgp1
Pbu
Lnp
Ggp
Rgp
cjs

Rgu
Ssm
Gst
Bbu
Vor
Tsm
Ksm
Sbs
Rsb
Wsp
nsb
Asm
Bbbpu
Rgs
Hal
Sls
Rgu
Ggd
Pvg

Bml
Ptm
Jmb
Gsb
Mks
Jmb
Rmb
Syp
Abd
Rpp
Pls
bbt
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङ पुल्चोक स्थित जेन्जी चोकमा रहेको प्रगतिशील साहित्यकार तथा जनकविका रुपमा चिनिने कृष्णसेन ‘इच्छुक’को शालिकमा फहराइएको नेपालको राष्ट्रिय झण्डा बिहीबार फेरिएको छ।
लामो समयदेखि प्रयोगमा रहेको पुरानो तथा जीर्ण अवस्थामा पुगेको झण्डा हटाएर नयाँ झण्डा प्रतिस्थापन गरिएको हो । गढवा गाउँपालिका निवासी युवा अभियन्ता सन्देश भण्डारी क्षेत्रीको सक्रिय पहलमा उक्त कार्य सम्पन्न गरिएको हो।
त्यस्तै उनले आफ्नै पहल र व्यक्तिगत सहयोगमा पुरानो झण्डा हटाई नयाँ राष्ट्रिय झण्डा फहराएका हुन्। सार्वजनिक स्थलमा राष्ट्रिय झण्डाको सम्मान र संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै भण्डारीले यो काम प्रतीकात्मक मात्र नभई देशप्रतिको जिम्मेवारी र सम्मानको भावनाबाट गरिएको बताए ।
भालुवाङ क्षेत्रको व्यस्त चोकमध्ये एक जेन्जी चोकमा रहेको कृष्णसेन इच्छुकको शालिक साहित्य,चेतना र परिवर्तनको प्रतीकका रुपमा चिनिन्छ । उक्त स्थानमा फहराइने राष्ट्रिय झण्डाले देशको पहिचान,स्वाभिमान र एकताको सन्देश दिने भएकाले त्यसको नियमित संरक्षण आवश्यक रहेको स्थानीयवासीको भनाइ छ ।
स्थानीय समाजसेवी तथा बौद्धिक वर्गले युवा अभियन्ता भण्डारीको कार्यको खुलेर प्रशंसा गरेका छन् । उनीहरुले यस्ता सकारात्मक र जिम्मेवार कार्यले युवालाई राष्ट्रप्रेम र सामाजिक उत्तरदायित्वप्रति प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् । साथै,सार्वजनिक स्थलमा रहेका संरचना र राष्ट्रिय प्रतीकहरुको संरक्षणमा सम्बन्धित निकायसँगै स्थानीय नागरिकको पनि सक्रिय भूमिका आवश्यक रहेको उनीहरुको भनाइ छ।
