
cjs
Gfs
Ggp
Djs
Pbu
Sgr
Unsku
Rgp1
pku
Srbpu
Lnp
Rgp
Ses
Pes

Hal
Bbbpu
Rgs
Asm
Bbu
Sls
Ggd
Vor
Pvg
Rsb
Tsm
Gst
Ksm
Rgu
Rgu
nsb
Sbs
Ssm
Wsp

Syp
Jmb
Rpp
Mks
Gsb
sab
Abd
Bml
Ptm
Pls
Jmb
bbt
Rmb
दाङ । गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजना अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार पशु आहारा दाना बनाउने मेसिन तथा घाँस काट्ने च्याप कटर वितरण गरिएको छ ।
बिहीबार गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भैँसीपालक तथा पशुपालक किसानहरूलाई कृषि औजारहरु वितरण गरिएको हो।
परियोजना अन्तर्गत गठन भएका पाँचवटा समूहलाई शतप्रतिशत अनुदानमा दाना बनाउने मिल वितरण गरिएको छ भने १० जना किसानलाई ५० प्रतिशत अनुदानमा च्याप कटर प्रदान गरिएको छ।
गढवा गाउँपालिकाले हेफर प्रोजेक्ट नेपाल तथा ग्रामीण महिला उत्थान केन्द्रसँगको साझेदारीमा भिटा परियोजना सञ्चालन गर्दै आएको छ । यस परियोजनाबाट गढवा गाउँपालिकाका कृषक तथा पशुपालक किसानहरुले प्रत्यक्ष लाभ लिइरहेका छन् । भिटा परियोजना कार्यक्रम संयोजक बसन्त कुमार शर्माका अनुसार भैँसीपालक किसानलाई घाँस काट्न र दाना बनाउन सहजता होस् भन्ने उद्देश्यले च्याप कटर तथा दाना बनाउने मेसिन वितरण गरिएको हो । परियोजनामार्फत यसअघि पनि भैँसीपालक किसानहरुको लागि गोठ तथा भकारो सुधार, नस्ल सुधारका लागि उन्नत जातको राँगो वितरण लगायतका कार्यक्रम सञ्चालन भइसकेका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले कृषकको आयस्तर वृद्धि र पशुपालनलाई व्यवसायिक बनाउने लक्ष्यसहित पालिकाले निरन्तर सहयोग गरिरहेको बताए ।
उनले भने, “गढवा गाउँपालिकामा पशुपालन ठूलो सम्भावनाको क्षेत्र हो। किसानलाई उत्पादन लागत घटाउन र कामलाई सहज बनाउन आधुनिक कृषि औजार आवश्यक छ। भिटा परियोजनामार्फत किसानलाई आत्मनिर्भर बनाउने दिशामा पालिका अघि बढिरहेको छ ।”
अध्यक्ष पोख्रेलले गढवामा लामो समयदेखि रहेको दुग्ध बजारीकरणको समस्या समाधानतर्फ समेत पालिका सफलतापूर्वक अघि बढिरहेको उल्लेख गरे । हाल गढवा सामाजिक महिला उद्यमी सहकारी संस्था लिमिटेडमार्फत किसानको दूध सरकारी दररेटमा खरिद गरी बिक्री वितरण भइरहेको जानकारी दिए ।
पालिकाले आगामी दिनमा पनि भैँसीपालनलाई व्यवसायिक,व्यवस्थित र दिगो बनाउने उद्देश्यले यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
