
Ses
Lnp
Pbu
pku
Gfs
Rgp
Rgp1
Djs
Sgr
cjs
Srbpu
Unsku
Ggp
Pes

Sbs
Sls
Ggd
Bbbpu
Asm
Rgu
Rgs
Gst
Wsp
Hal
Bbu
nsb
Vor
Rsb
Ssm
Pvg
Tsm
Ksm
Rgu

Mks
Rmb
Jmb
Syp
Rpp
Pls
Abd
Bml
sab
Jmb
Gsb
bbt
Ptm
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा रहेको राप्ती प्रेस मञ्चको नियमित बैठक बिहीबार भालुवाङमा सम्पन्न भएको छ ।
मञ्चका अध्यक्ष अर्जुन कुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले ४ वटा महत्त्वपूर्ण निर्णय गरेको छ । बैठकले बढ्दो लागु औषध प्रयोग,सडक दुर्घटना तथा साइबरका घटना न्यूनीकरण गर्न राप्ती गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत सबै विद्यालयहरुमा लागुऔषध,ट्राफिक तथा साइबर सम्बन्धी सचेतना कार्यक्रम संचालन गर्ने र अभियानको सुरुवात राप्ती गाउँपालिका -७,छोट्की सिसहनियाँ स्थित सरस्वती आधारभूत विद्यालयबाट सुरुवात गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले एमसिए नेपालले पुर्व पश्चिम राजमार्ग अन्तरगत धानखोला लमही सडक खण्ड २ लेन बनाउने विषयमा नागरिक स्तरबाट उठेको विरोध प्रति मन्चले ऐक्यबद्धता जनाउँदै उक्त सडक खण्डलाई ४ वा ६ लेन बनाउन सम्बन्धित निकाय तथा नेपाल सरकारलाई नै दवाफ दिन प्रेस विज्ञप्ती जारी गर्ने,मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने,मुख्यमन्त्री मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउने र नागरिक सम्बाद कार्यक्रम सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
यस्तै पत्रकारहरुको सिप विकासका लागि सञ्चारकर्मीहरुलाई १ दिने ग्राफिक डिजाइन तथा भिडियो सम्पादन तालिम संचालन गर्ने निर्णय गर्ने, स्वास्थ्य रिपोर्टिङका लागि राप्ती गाउँपालिकाका सम्पूर्ण संचारकर्मीहरुलाई लक्षित गरि स्वास्थ्य पत्रकारिता तालिम संचालन गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा मञ्चका वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता,महिला उपाध्यक्ष हुमा सुनार,महासचिव ओमप्रकाश गुप्ता,कोषाध्यक्ष लक्ष्मी पोख्रेल, सह-कोषाध्यक्ष लालमणी भुसाल,सदस्यहरु मुक्तिराम पाैडेल,विदुर एमसी,किरण जिसी, मोतीराम भट्टराई, पत्रकारहरु सन्तोष थापा र ललित कुमालको विशेष उपस्थिति रहेको थियोे । बैठकको सहजीकरण मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।
